अन्तरङ्ग वर्ष– २९, अंक– २६, बैशाख १६ गते (२०७८) प्रकाशित
सुन्दरबजार– ५, खहरे, लमजुङ निवासी पूर्वशिक्षक मित्र रामबहादुर केसीको २०७८ सालमा प्रकाशित पुस्तक ऐतिहासिक सुन्दरबजार २०७८ बैशाख ४ गते लेखककै हातबाट प्राप्त गर्ने सुअवसर मिल्यो र रुचिपूर्वक पढियो ।
पुस्तक लमजुङ बासीमा समपर्पित छ !
यसमा निम्न महानुभावहरूको शुभकामना समेटिएको छ ।
१ कुलपति, नेराप्र
२ नगरप्रमुख, सुन्दबजार
३ प्रमुख प्रशासकीय अधिकृत, सुन्दरबजार
लेखकीयमा स्वास्थका कारण सकरात्मक कार्यमा लाग्नु पर्ने बाद्यता उल्लेख गरिएको छ !
लेखकले आफ्नो रोग र शोकलाई शक्तिमा रुपान्तर गरेर सुन्दर, ज्ञानबर्धक पुस्तकहरुको सिर्जना गरेका छन् !
पुस्तक लेख्न सहयोग गर्ने हरिबहादुर केसी, सूर्यबहादुर केसी लगायत सबै प्रति धन्यवाद ज्ञापन छ ।
सूर्यबहादुर कोसीद्वारा सम्पादित तथा छोरी सविता केसीद्वारा प्रकाशित प्रस्तुत कृति निम्न शीर्षकहरूमा करीव २१७/१८ पृष्टमा फैलिएको छ ।
१ संक्षिप्त नेपाल
२ संक्षिप्त गण्डकी प्रदेश
३ संक्षिप्त लमजुङ
४ संक्षिप्त सुन्दरबजार
५ देखि १३ पाठ
सुन्दरबजार– ११ सिन्दुरे, – १०, धुसेनी, – ३ चन्द्रेश्वर, – ४ दुराडांडा, – ५ तार्कु, – ६, ७ सुन्दरबजार, –८, ९ भोटेओडार – २ परेवाडांडा, – १ कुन्छा ।
प्रत्येक ओडाको भौगाोलिक, ऐतिहासिक पृष्टभूमि, शैक्षिक इतिहास, जनसंख्या विवरण, धार्मिक धरोहरहरू, विकाशका गतिविधि, अग्रज प्रभावशाली व्यक्तित्वहरू, बगैंचा तथा उद्यानहरू आदिको जानकारी समेटिएको पाइन्छ ¤
१४. सुन्दरबजार भित्र वसोवास गर्ने जातिहरू
१५. साहित्य कला
१६. सुन्दरबजार नगरपालिकाका पर्यटकीय स्थलहरू
१७. सामुदायिक वन (४३)
१८. नदी र खोलाहरू
१९. सुन्दरबजार नपामा माओवादी आन्दोलनको प्रभाव
२०. विविध
२१. सुन्दरवजार वरपरका ऐतिहासक/धार्मिक स्थलहरू
लेखकले कृति लेखनमा १५९ सन्दर्भ सामग्री प्रयोग गरिएको उल्लेख गरेका छन् र तिनको पूर्ण विवरणसमेत दिएका छन् । यसबाट उनको अध्ययनशीलता र साधना बुझ्न सकिन्छ ¤
लेखक परिचय–
२९ बर्ष शिक्षण
प्राज्ञ शशि लुमुम्वु र मेरो संक्षिप्त टिप्पणी !
यसलाई सुन्दरबजार नगरपालिकाको ज्ञान कोष भन्न सकिन्छ ¤ अथवा यसलाई सुन्दरबजार हेर्नेपूर्ण आकारको ऐना भन्दा पनि हुन्छ ।
लेखकले आफ्नो रोग र शोकलाई शक्तिमा रुपान्तर गरेर सुन्दर, ज्ञानबर्धक पुस्तकहरूको सिर्जना गरेका छन् !
रोचक प्रसंगहरू
१. परेवाडांडामा सदरमुकाम रहेको
२. बरेटारमा तनहु र लमजुङको सदरमुकाम रहेको
३. लमजुंग नेपाल अधिराज्यमा एकीकरण भएको
४. शहीदहरूको गाथा, धर्मध्वजको बारेमा घिमिरेको गीत÷ लालघ्वज
५. मालिका देवीको उत्पती बारेको लोकगाथा
६. लमजुङमा राज्य गरेका ७ जना शाह राजाहरूको नाम र समय
७. तार्कुमा युद्ध र युद्ध पछि विरमर्दन शाह र रणबहादुर शाह बीचको पत्राचार
८. कतिपय ठाउँककको नामाकरण (कुरा भन्ज्यांग चौतारो, मानेचौका । सुत्केरीले गाडेको ढुंगा आदि)
९. हलोक्रान्ति
१०. २००७ सालमा कुन्छामा कब्जा गरी जनसरकारको स्थापना
माहुरीले विभिन्न श्रोतबाट मधुरस संकलन गरेजस्तै लेखकबाट विभिन्न श्रोत सामग्रीको अध्ययन र विश्लेषण गरेर यो कृति सिर्जना गरिएको छ ।
पहिलो कृतिझ‘विश्व युद्धको सिपाही’ (उपन्यास) दोश्रो कृति सार्थक जीवन जिउने कला प्रकाशित गरेका केसीको यो अनुसन्धानमूलक, ऐतिहासिक सुन्दरबजार यो तेश्रो कृति सबै उमेर, पेशा र वर्गका मानिसका लागि पठनीय र उपयोगी छ ।
नगर भित्रका सबै कार्यालय र विद्यालयहरूमा यो राखिन पर्छ !
१–५ को, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा पनि उनको योगदान छ ।
अध्ययनशील एवम् चिन्तनशील लेखक केसीबाट यो सिर्जाशील यात्रा जारी रहोस्, उहाँबाट यस्तै उपयोगी कृति प्रकाशन हुँदै जाऊन्, उहाँको सत्प्रयासबाट अरुलाई पनि कृति लेख्ने प्रेरणा मिलोस्, मेरो शुभकामना छ ।
रामबहादुर केसीजस्तै मध्यनेपालका जिताका मुक्तिनाथ घिमिरे पनि अथक खोजकर्ता÷अनुसन्धाता हुन् ! घिमिरेले लोपोन्मुख दुरा भाषाको उत्थान र संस्कृतिको जगेर्ना गर्ने कार्यमा ठूलो योगदान गर्नुभएको छ । उहाँहरू दुबै जनालाई सम्बद्ध क्षेत्रबाट उचित मूल्यांकन गर्नुपर्ने हो भन्ने मलाई लागेको छ ।
अन्त्यमा, मेरा समकालीन सह्दयी लेखक मित्र रामबहादुर केसीको सुस्वास्थ र दीर्घायुको कामना गर्दै यो टिपोट सकिएको सबैमा सादर निवेदन गर्दछु ।
No comments:
Post a Comment