पत्रकार उपर प्रहरी ज्यादतिको घोर निन्दा र कारवाही माग - अन्तरङ्ग
1620215557

Sunday, September 6, 2020

demo-image

पत्रकार उपर प्रहरी ज्यादतिको घोर निन्दा र कारवाही माग

Hawaldar
अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङमा हिजो पत्रकार महासंघका उपाध्यक्ष कृष्ण आलेउपर प्रहरीबाट ज्यादति भएको छ । उक्त नेपाल पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय समितिका राष्ट्रिय सल्लाहकार एवम् निवर्तमान महासचिव एवम् अन्तरङ्ग राष्ट्रिय साप्ताहिक सम्पादक नवराज पहाडीले एक विज्ञप्ति जारी गरी घोर निन्दा गर्दै कारवाही मागको माग गर्नु भएको छ । 

सो विज्ञप्तिको पूणर् विवरण- ‘पछिल्ला दिनमा इटहरी र कञ्चनपुरमा प्रहरीद्वारा पत्रकार उपर गर्न थालेको ज्यादति लमजुङमा पनि भित्रिएको छ । हिजो पत्रकार महासंघका जिल्ला उपाध्यक्ष, स्वतन्त्र शक्ति साप्ताहिकका प्रकाशक एवम् कार्यकारी सम्पादक कृष्ण आलेलाई एक प्रहरी हवल्दार(फोटोवाला)ले गरेको अभद्र व्यवहार प्रति गम्मीर ध्यानाकर्षणर् भएको छ । आलेजीले म पत्रकार हुँ र पिसिआरका लागि स्वाव दिन जान लागेको १५ मिनेट भित्र आइज भनेको छ, ढिला भयो भन्दै परिचय पत्र देखाउँदा देखाउँदै र बेसीशहर नगरपालिकाका परामर्शदाता दूधप्रसाद घलेले समेत उहाँ पत्रकार हो छाडिदेउ भन्दा समेत त्यसको वास्ता नगरी गरेको हरकत घोर निन्दनीय छ ।’ 

‘कोभिड- १९ को विगविगीको यो बेलामा आफ्नो ज्यानसमेत जोखिममा राखेर पत्रकारिताका माध्यमबाट पत्रकारहरूले गरेको देशसेवा तथा समाजलाई सुसूचित गर्ने जिम्मेवारी र कर्तव्य पालनालाई कम आँक्ने जुन दुस्साहसह भएको छ, त्यस कार्यको कडा शब्दमा घोर निन्दा एवम् भत्र्सना गर्दछु । हवल्दार जस्तो व्यक्ति भएर जिल्लामा पत्रकार पदाधिकारी तथा क्रियाशील पत्रकार को को छन् ? भन्ने सम्म पनि ख्याल गर्न नसक्ने व्यक्तिले सर्वसाधारणप्रति कस्तो व्यवहार गर्लान् ? अनुमान मात्र गर्न सकिन्छ । अतः आलेप्रति दुव्र्यवहार गर्ने प्रहरी हवल्दारलाई तत्काल कडा कारवाहीको माग गर्दै आयन्दा यस्तो हरकत नगरियोस् भन्ने आग्रह गर्दछु ।’

No comments:

Post a Comment

Pages