रणबहादुर न्यौपाने/अन्तरङ्ग
भोर्लेटार(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार निवासी राजनीतिक एवम् सामाजिक व्यक्तित्व कृष्ण प्रसाद पौडेलको निधन भएको छ । उच्च रक्तचाप र सुगर रोगका दीर्घ रोगी उहाँ विहान करिब ३ बजेको सयममा शौचलय जाँदा ढल्नु भएपछि उठ्नु भएन । उहाँलाई स्थानीय मध्यनेपाल पोलिक्लिनिकमा उपचारका लागि लगिएको भएता पनि त्यहाँ भएका चिकित्सकले तत्कालै उहाँलाई बैशाख १७ गते विहान मृत घोषित गरेका हुन् ।
यस क्षेत्रका साथै जिल्लाको राजनीतिक एवम् सामाजिक क्षेत्रमा उहाँको विशेष योगदान रहेको छ । २०१५ सालको चैत २८ गतेका दिन नारायणदत्त र लक्ष्मीका पौडेलको पुत्ररत्नका रुपमा जन्मिनु भएका उहाँ विद्यार्थी राजनीति हुँदै २०३७ सालमा पार्टीको भोर्लेटार सेलकमिटिमा आवद्ध हुनुभएको थियो । २०४२ सालमा अखिल नेपाल किसान संगठन लमजुङको जिल्ला सचिव हुनुभएका उहाँ २०४९ सालमा भएको स्थानीय निर्वाचनमा जनमोर्चाकातर्फबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । त्योसँग सामाजिक जीवनको थालनी गर्नु भएका उहाँले एमालेमा आवद्ध भएपछि २०५४ मा भोर्लेटार गाउँकमिटिको अध्यक्ष हुनुभयो । सोही दलको २०६६ सालमा जिल्ला कमिटि सदस्य चुनिनु भएको उहाँ त्यसपछि निरन्तर जिल्ला नेतृत्वमा हुनुहुन्छ भने हाल एमालेको सचिवालय सदस्य हुनुहुन्थ्यो ।
लमजुङको पश्चिम विद्युत उपभोक्ता समितिका उपाध्यक्ष रहनु भएका उहाँ ईशानेश्वर क्याम्पसका सल्लाहकार पनि हुनुहुन्थ्यो । अत्यन्तै नरम, सरल तथा मिलनसार स्वभावका धनी उहाँ पछिल्ला वर्षमा कृषि फर्म(पशुपालनका साथमा तरकारी खेती)मा जुट्नु भई मध्यपहाडी लोकमार्ग बनेपछि आफ्नो फार्मबाट बेसीशहर तथा पोखरामा दूध र तरकारी आपूर्ति गर्ने योजनामा हुनुहुन्थ्यो ।
स्वर्गीय पौडेलका श्रीमती, एक एक छोरा र छोरीका साथ दुई नातिनी र एक नाती छन् ।

No comments:
Post a Comment