एका बिहानै मालबाहक ट्रक दुर्घटना - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, September 9, 2020

एका बिहानै मालबाहक ट्रक दुर्घटना

विष्णुकुमार श्रेष्ठ/व्युरो प्रमुख अन्तरङ्ग

पाउँदी(लमजुङ)- लमजुङको प्रवेश नाका पाउँदीमा एका बिहानै मालबाहक ट्रक भदौ २५ गते दुर्घटना ग्रस्त भएको छ । ट्रकमा तीन जना सवार भएपनि मानवीय क्षति भएको छैन ।

वा४ख १६७५ नंबरको १० चक्के ट्रकले नारायणगढबाट लमजुङको राइनास नगरपालिका-  स्थित, तीनपिप्लेका लागि छड सिमेन्ट बोकेर आएको रहेछ । ट्रक विहान ५.४५ बजे दुर्घटना भएको नेपाल प्रहरीको पाउँदी चेक पोष्टका इन्चार्ज असई अमृतबहादुर भुजेलले बताउनु भयो । उहाँका अनुसार ट्रक प्रहरी चेकपोष्टमा इन्ट्रि गर्न चालक ओर्लिएको बेलामा ट्रकमा रहेको दुई लेवर समेत ओर्लिएरको अवस्थामा दुर्घटना भएको हुँदा मानवीय क्षति हो । उनले भने, ‘पाउँदीको उकालो स्थानमा ट्रक रोकपछि ओट राख्नु पर्नेमा नराखेका कारणले दुर्घटना भएको हो, ट्रकमा सहायक चालक पनि रहेछन् ।’

ट्रक पाउँदी बजारछेउँबाट करिब एक सय मिटर खसेर पाउँदी खोलामा पुगेको असई भुजेलले बताउनु भयो । उहाँका अनुसार ट्रकका चालक सन्तबहादुर बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment