स्वतन्त्र पत्रकार संघको शाखा कार्यालय उद्घाटन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, August 23, 2021

स्वतन्त्र पत्रकार संघको शाखा कार्यालय उद्घाटन

अन्तरङ्ग सम्वाददाता

नेपालगञ्ज– स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको कार्यालयको उदघाटन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १० को बाँसकोटा मार्केटमा शाखाको कार्यालयको उदघाटन भदौ ७ गते गरिएको हो । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षद कमल बि.के. निर्माेही र बाँके शाखा अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नु भएको हो । 

        सो अवसरमा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षद कमल बि.के. निर्माेहीले स्वतन्त्र पत्रकारहरुको छाता संगठन स्वतन्त्र पत्रकार संघ स्वतन्त्रता र निष्पक्षताका पक्षमा रहेको उल्लेख गर्दै शाखाको कार्यालय स्थापनाबाट संस्थागत बिकासमा टेवा पुग्ने अपेक्षा गरेको बताउनु  भयो । 

        यसैगरी, शाखा अध्यक्ष नमस्कार शाहले कलाकार, पत्रकार, साहित्यकार सबैका साझा हुने भएकाले कुनै राजनीतिक पार्टीको झुण्डमा बिभाजन हुन नहुने बताउँदै शाखाको कार्यालयबाट संघका कार्यहरू नियमित गर्न सहज हुने भएको हुँदा यो कार्य गरिएको हो भन्नुभयो । 

        कार्यालयको उदघाटन कार्यक्रममा बासका महासचिव शिवकुमार बर्मा लगायत संघका पदाधिकारीहरू तथा सदस्यहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममो सञ्चालन संघको बाँके शाखाका उपाध्यक्ष मन भण्डारीले गर्नु भएको थियो । 

        स्मरणीय छ, मुलुकभर संघका २५ वटा जिल्ला शाखा रहेछन् । संघको जिल्ला शाखाहरू मध्ये औपचारिक रुपया कार्यालय उदघाटन गरिएको यो पहिलो हो । 

No comments:

Post a Comment