राष्ट्रकवि माधव घिमिरेप्रति - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, September 18, 2020

राष्ट्रकवि माधव घिमिरेप्रति

– अपूर्वराज पहाडी, कक्षा– ६, बुद्धमेमोरियल आमावि, बेसीशहर

पाएथ्यौ तिमीले बद्री सुवेदीबाट पहिलो शिक्षा 

गौरीका हजुरबाबा बनेथे तिम्रा गुरू दीक्षा 

तिम्रो प्रभावबाट गरे कन्यादान उनले नातिनी

दुई हजार एकमा वनारसमा पुरा ग¥यौ शास्त्री

    पन्ध्र बर्षको उमेरमा भएथ्यो गौरीसँग विवाह 

    शान्ति कान्ति जन्मे पछि सह्यौ पत्नी वियोग

    अनि लेख्यौ गौरी नामको मीठो शोक काव्य 

    तिमीलाई त्यही काव्यले नै चिनायो देशभर ।

जन्म भएको हो तिम्रो लमजुङको भिरपुस्तनमा 

असोज सात गतेका दिन उन्नाईस सय छय्हत्तरमा 

तिम्रो पिता गौरीशंकर र द्रौपदीदेवी हुन आमा 

सहेथ्यौ आमाको वियोग तीन बर्षकै उमेरमा ।  

    गरेथ्यौ जागीरे जीवन भाषानुवाद परिषदबाट शुरु

    अनि भएथ्यौ सुपरिचित यही लमजुङमा जेठा गुरु

    रच्यौ अनेक थरी गीत, कविता राष्ट्रप्रेमले भरी

    सुनी रहुँ, गाई रहुँ जस्ता ती रचना लेख्यौ कसोगरी

पत्रकार भई बनेथ्यौ गोरखापत्रका सहायक सम्पादक

शताब्दी बढी बर्ष बाचेर उत्प्रेरणा दिदै बनायौ उदेक

सम्झन्छु– ‘जय जय जय नेपाल सुन्दर शान्त विशाल 

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ गीत सधैँ भरी 

    पैतालीस सालमा बनेथ्यौ प्रज्ञा प्रतिष्ठानको उपकुलपति

    पायौ अनेक सम्मान पुरस्कारका साथ राष्ट्रकवि उपाधि

    एक सय दुई बर्ष पुग्न पैतीस दिन मात्र रहदा बाँकी 

    हामीलाई छाडी जाने तिमीलाई भावपूर्ण श्रद्धाञ्जली ¤

1 comment: