धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टरको अवशेष र दुई शव फेला - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, May 1, 2021

धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टरको अवशेष र दुई शव फेला

अन्तरङ्ग संवाददाता

पोखरा– नेपाली सेनाले धौलागिरि हिमालमा दुर्घटनाग्रस्त हेलिकप्टरको अवशेष र दुईवटा मानव शव फेला पारेको छ । हिमाल सफा गर्ने क्रममा ती फेला परेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले वैशाख १५ गते सो जानकारी दिनु भएको हो । 

हिमालहरू सफाई उद्देश्यले सेनाको नेतृत्वमा टोली हिमशृंखलामा खटिएको सैनिक प्रवक्ता पौडेलले बताउनु भयो । उहाँका अनुसार सगरमाथासहित छ वटा हिमालबाट फोहोर संकलन जारी भइरहेको छ । उहाँले भन्नुभयो, ‘नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र नाइनएन एसिआर एएस– ३५० बिए हेलिकप्टरको भग्नावशेष फेला पारेको हो ।’ सन् २००६ मा धौलागिरि हिमाल क्षेत्रमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष हुन सक्ने नेपाली सेनाको अनुमान छ । मृतकहरू को थिए भन्ने पहिचान खुल्न बाँकी रहेको सो यस विषयमा अनुसन्धान भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यो हेलिकप्टर ३ सेप्टेम्बर २००६ मा धौलागिरि आधार शिविर गएको थियो । नागरिक उड्डयन प्राधिकरणका अनुसार अप्ठ्यारो ठाउँमा ल्याण्ड गराउन खोज्दा हिउँमा चिप्लिएर दुर्घटना भएको थियो तर मानवीय क्षति भएको थिएन । उद्धारका लागि गएको उक्त हेलिकप्टर आधार शिविरनजिक ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो । उक्त हेलिकप्टर क्याप्टेन हिराबाबु दाहालले चलाउनु भएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनु भएको हो । उहाँका अनुसार सो हेलिकप्टर धौलागिरि आधार शिविरबाट एक किलोमिटरको दुरीमा दुर्घटना भएको थियो ।

उक्त हेलिकप्टर दुर्घटनापछि कम्पनीले बिमा दाबी गरी क्षतिपूर्ति लिनुको साथै महत्वपूर्ण केही उपकरण हेलिकप्टरबाट झिकेर काठमाडौं ल्यायो । तर, अवशेष त्यहीँ छोडिदियो एयर डायनेष्टी तथा त्यससँग सम्बद्ध स्रोतहरूले जानकारी दिएका छन् ।  

नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर फेला पार्दा त्यसको नजिकै दुई वटा शव समेत फेला परेको छ तर ती शव दुर्घटनासँग सम्बन्धित छैनन् भन्ने दावी गरिएको छ ।

एयर डायनेष्टी र त्यहाँका कर्मचारीले आधिकारिक रुपमा घटना कसरी भएको थियो बताउन चानेका छैनन् । उनले भने, ‘मलाई उक्त घटना नसम्झाउनुस् ।’ डायनेष्टीका प्रवन्धक पवित्र कार्कीले अवशेष ल्याउन नसकिएको बताउनु हुन्छ ।

सेनाले ती शव के कसरी त्यहाँ रहन गए अनुसन्धान गरिरहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार शिविरबाट दुई सय मिटर टाढा रहेका ती शव संकलन गरिएको छ । 

No comments:

Post a Comment