
Sunday, August 2, 2020

लायन्स क्लबको ३२५ बि १ को ऐतिहासिक कार्य
सुन्दरबजार(लमजुङ) । लायन्स क्लब ईण्टरनेशनल ३२५ बि १ ले एतिहासिक रेकर्ड कार्य गरेको छ । डिस्ट्रिक्ट गभर्नर लायन मनबहादुर रोकाको नेतृत्वमा उक्त कार्य भएको हो ।
हाइजेस्ट एलसिआइएफ कन्ट्रिब्युसन, १०४६ न्यु मेम्बर ग्रोथ, १०५७ सर्भिस एक्टिभिटी, ८८३ नेट ग्रोथ, १७ न्यु क्लबको चार्टर गर्न सफल भइ लायन्स क्लब इण्टरनेशनल ३२५ बि १ विश्व रेकर्ड कायम गर्न सफल भएको हो । क्लबले कोभिड- १९ को संक्रमण तथा हालै मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा उद्दार तथा राहतका तदारुकताका साथ गरी उक्त रेकर्ड कायम गर्न सफल भएको हो ।
डिस्ट्रिक्टले बाढी पहिरोको कारण सिन्धुपाल्चोक, कास्की, गुल्मी, लमजुङ, तनहुँ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भइ घरबार बिहीन भएको अवस्थामा राहत सामग्री हस्तान्तरण गरिएको छ । यस बाहेक विश्वव्यापी महमारीको रुपमा फैलिएको कोभिड- १९ को महामारी नियन्त्रणको अभियानमा नेपाल सरकारलाई भिटिएम कीट बक्स, पिपिइ, के एन ९५ मास्क, पन्जा हस्तान्तरण समेत गरेको छ ।
वर्तमान असहज परिस्थितिमा सबै लायन्स क्लबहरुलाई सेवामा लाग्न र सबै क्लबहरुलाई नयाँ मेम्वरसीप ग्रोथ गरी आफ्नो क्लबलाई बलियो बनाउन डिस्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले आह्वान गर्नु भएको छ ।
डिस्ट्रिक्ट गभर्नरको पद ग्रहण गर्नुभएको पहिलो महिनामा नै विश्वमा एतिहासिक रेकर्ड कायम गरि विश्वको नम्बर १ डिस्ट्रीक्ट गभर्नरको लक्ष्य प्राप्त गर्न सफल हुनु भएको हो ।
Tags
# राष्ट्रिय
Share This

हाम्रो बारेमा___________
लमजुङकै जेठो पत्रिका अन्तरङ्ग द्वैमासिक, पाक्षिक हुँदै हाल साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको छ । २०४९ साउन २३ गते जिल्ला प्रशासन कार्यालय, लमजुङमा दर्ता भई प्रकाशन सुरु भएको याे पत्रिका मूलत: साहित्य र समाचारसँग सम्बन्धित छ । यसलाई हामीले साहित्य प्रधान पत्रिका पनि भन्ने गरेका छौँ । कला साहित्य र संस्कृतिका माध्यमबाट समाजमा सुशासन कायम गर्न सकिने विश्वाससहित अघि बढेको यस पत्रिकाले लमजुङबाट सयौँ पत्रकार तथा साहित्यकार जन्माइसकेको छ । पत्रिकालाई ई पेपरमा पनि उपलब्ध गराउने र साहित्य र समाचारलाई अनलाइनबाट पनि पाठकसमक्ष पुर्याउने उद्देश्यले प्रारम्भिक चरणमा यो ब्लग सुरु गरिएको छ । आशा छ, पत्रिकालाई जस्तै यसलाई पनि यहाँहरुको पूर्ण साथ रहने छ ।
Newer Article
सम्पादकीय______
Older Article
अग्रज लोकगायिका माया गुरुङलाई ईन्द्रेणी टिमद्वारा मासिक १० हजार दिने घोषणा
स्वतन्त्र पत्रकार संघको शाखा कार्यालय उद्घाटन
अन्तरङ्गAug 23, 2021स्वतन्त्रको अर्घाखाँची शाखाका संस्थापक अध्यक्ष भुषाल पुनः अध्यक्ष चयन
अन्तरङ्गAug 21, 2021स्वतन्त्र पत्रकार संघ झापा अधिवेशन भर्चुअल विधिबाट, अध्यक्षमा ढकाल सर्वसम्मत, चयन
अन्तरङ्गAug 20, 2021
Labels:
राष्ट्रिय
Subscribe to:
Post Comments (Atom)
उत्कृस्त कार्यको लागि डिस्ट्रीक गभर्नर लायन मन बहादुर रोक्का ज्यु लाइ हार्दिक बधाइ तथा सफलताको शुभकामना ।
ReplyDelete