स्वतन्त्रको अर्घाखाँची शाखाका संस्थापक अध्यक्ष भुषाल पुनः अध्यक्ष चयन - अन्तरङ्ग
1620215557

Saturday, August 21, 2021

demo-image

स्वतन्त्रको अर्घाखाँची शाखाका संस्थापक अध्यक्ष भुषाल पुनः अध्यक्ष चयन

अन्तरङ्ग सम्वाददाता

अर्घाखाँची– स्वतन्त्र पत्रकार संघ नेपालको अर्घाखाँची जिल्ला शाखाको अध्यक्ष पदमा हरिप्रसाद भुषाललाई चयन गरेको छ । संघको जिल्ला अधिवेशनले उहाँलाई अध्यक्षमा भदौ ५ गते चयन गरेको हो । उहाँ उक्त शाखाको संस्थापक समेत हुनुहुन्छ । 

Hari+P+Vushal

        कोरोना भाइसर(कोभिड– १९)को प्रकोप साम्य नभएका कारण निषेधाज्ञा जारी रहेको बेलामा भर्चुअल विधिबाट सम्पन्न गरिएको शाखा अधिवेशनले भुषाललाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा सुदिप केसी, सचिवमा शिव बेल्वासे, कोषाध्यक्षमा पार्वता अर्याल चयन हुनुभएको छ भने सदस्यमा चोलनाथ पौडेल र युवराज थापा चयन हुनुभएको छ । 

        संघको राष्ट्रिय पार्षदमा डिल्लीराज घिमिरे र विशाल पाण्डे तथा प्रदेश पार्षदमा प्रदिप सूर्यवंशी र अम्बिका भुषाल चयन हुनुभएको उक्त शाखाका नवनिर्वाचित सचिव शिव वेल्वासेले बताउनु भएको छ । 

        ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने मुल नारा, नीति तथा अभियानका साथ क्रियाशील रहेको स्वतन्त्र पत्रकार संघ नेपालको चौथो राष्ट्रिय अधिवेशन यही भदौको १९ र २० गतेका दिन नवलपुरको गैंडाकोट स्थित मौलाकालिका मन्दिर परिसरमा हुने भएको छ । अधिवशेनका लागि आवश्यक तयारी युद्धस्तरमा चलिरहेको जानकारीमा आएको छ । 

        अधिवेशनका लागि भदौ ५ गतेभित्र जिल्ला शाखाको अधिवेशन सम्पन्न हुनुपर्ने निर्णयका साथ संघको राष्ट्रिय समितिले जिल्ला शाखालाई यसअघिनै निर्देशन गरिसकेको छ । सोही निर्देशनको पालना गर्दै जिल्ला शाखाको अधिवेशन भर्चुअल विधिबाट गर्नु परेको नवनिर्वाचित अध्यक्ष भुषालले बताउनु भयो । 

       संघको राष्ट्रिय अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख अतिथिको रुपमा आमन्त्रित गरिएको संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले बताउनु भएको छ । मुलुकका २५ जिल्लामा विस्तार भएको संघको अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन गर्ने समेत तयारी छ । 

No comments:

Post a Comment

Pages