स्वतन्त्र पत्रकार संघ पत्रकार बानियाको निधनले स्तब्ध, छानबिनको माग - अन्तरङ्ग
1620215557

Thursday, August 13, 2020

demo-image

स्वतन्त्र पत्रकार संघ पत्रकार बानियाको निधनले स्तब्ध, छानबिनको माग

Sok+Bi
अन्तरङ्ग संवाददाता

पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालले नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव बलराम बानियाको निधन रहस्यमय ढंगले भएको भन्दै उचित छानविन गर्न माग गरेको छ । संघका राष्टिय अध्यक्ष केवि मसालले एक प्रेस विज्ञप्ती जारी गर्दै गहिरो छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न साउन २९ गते माग गर्नुभएको हो ।

विज्ञप्तीमा कान्तिपुर दैनिकका सहायक सम्पादक बानिया सम्पर्क विहीन भएको २ दिन पछि शव फेला परेको खबरले स्तब्ध भएको छ, हस्यमय ढंगले निधन भएको सो घट्नको गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । संघले बानियाले तीन दशकदेखि पत्रकारिता क्षेत्रमाफर्त लोकतन्त्र, मानवअधिकारको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै स्व. बानियाप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

No comments:

Post a Comment

Pages