अन्तरङ्ग संवाददाता
दुराडाँडा– लमजुङको एतिहासिक थलो दुराडाँडामा विपि स्मृति भवन शिलान्यास गरिएको छ । सुन्दरबजार नगरपालिका– ३ को दुराडाँडा, च्यानपाटमा निर्माण गर्न लागिएको उक्त भवनको काँग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले शिलान्यास गर्नु भएको हो ।
नेपालमा शाहवंशको श्रीगणेश गराउने ऐतिहासिक थलो हो– दुराडाँडा । त्यतिमात्र नभई २००६ सालमा ब्राह्मणहरूले हलो जोतेर एक साथ सामाजिक विभेद(छुवाछुत सहित), आर्थिक, शैक्षिक एवम् राजनीतिक क्रान्तिको विगुल फुकिएको ऐतिहासिक थलो हो । यो थलो आजका दिनमा पनि पश्चिम नेपालमा प्रजातान्त्रिक डाँडाका रुपमा स्थापित छ । उक्त थलोमा एक वर्ष भित्र विपि स्मृति भवन निर्माण हुने भएको हो ।
नेपालमा शाहवंशको श्रीगणेश गराउने ऐतिहासिक थलो हो– दुराडाँडा । त्यतिमात्र नभई २००६ सालमा ब्राह्मणहरूले हलो जोतेर एक साथ सामाजिक विभेद(छुवाछुत सहित), आर्थिक, शैक्षिक एवम् राजनीतिक क्रान्तिको विगुल फुकिएको ऐतिहासिक थलो हो । यो थलो आजका दिनमा पनि पश्चिम नेपालमा प्रजातान्त्रिक डाँडाका रुपमा स्थापित छ ।
सो अवसरमा डा. रिजालले साविकको भवन निर्माणका लागि जग्गा प्रदान गर्नु हुने अन्नपूर्ण न्यौपाने, सुकमाया पौडेल तथा शिलान्यास गरिएको जग्गाका दाताहरू विष्णुमाया तिवारी, प्राडा कृष्ण तिवारी र उपप्राध्यापक सागर तिवारीलाई सम्मान गरिएको थियो । शुरुका दिनमा न्यौपाने र पौडेलले भवन निर्माणका लागि दान गर्नु भएको जग्गा मोटरबाटोमा परी भवन निर्माण गर्न नसकिने स्थिति उत्पन्न भएका पछि तिवारी परिवारबाट सात आना जग्गा दान गर्नु भएको काँग्रेसका प्रदेश सदस्य एवम् उक्त वडाका अध्यक्ष अमृत न्यौपानेले बताउनु भयो । उहाँका अनुसार तत्काल स्मृति भवनमा दुई कोठाको आरसिसि भवन निर्माण कार्य गरिने भएको छ ।
उक्त भवनको निर्माण खर्च १० लाख रुपैयाँ लाग्ने अनुमान गरी चन्दा संकलनको कार्य भइरहेको न्यौपानेले बताउनु भयो । न्यौपानेले दिनुभएको जानकारी अनुसार उक्त भवन निर्माणका लागि वडाबाट २ लाख रुपैयाँ छुट्याइएको छ । उहाँका अनुसार भवन एक वर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य छ ।
उक्त शिलान्यास समारोहमा काँग्रेसका जिल्लास्तरका प्रायः सबै नेताहरू सहभागी हुनुहुन्थ्यो । जिल्ला किसान संघका अध्यक्ष विश्वनाथ अधिकारीको अध्यक्षतामा भएको शिलान्यास समारोहको स्वागत मन्तव्य काँग्रेसको वडा सचिव रामनाथ न्यौपानेले र सञ्चालन अमृत न्यौपानेले गर्नु भएको थियो ।

No comments:
Post a Comment