लमजुङमा कोरोना : आज १७ जना नयाँ संक्रमित पुष्टि, ३५ जनाले कोरोना जीते - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, August 5, 2021

लमजुङमा कोरोना : आज १७ जना नयाँ संक्रमित पुष्टि, ३५ जनाले कोरोना जीते

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस (कोभिड– १९)का संक्रमित संख्यामा उचारचढाव हुने क्रम जारी रहेको छ । साउन २१ गते १७ जनामा संक्रमण पुष्टि भएको र तीमध्ये ७ जना बालबालिका छन् । आज ३५ जनाले कोरोना जीत्न सफल भएका छन् भने हिजो ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

        आजका संक्रमितहरू जिल्लाको चार पालिकाका हुन् । आज सुन्दरबजार नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।  

        आज १० वर्षका बालकदेखि सबैभन्दा बढी ६२ वर्षीया महिला संक्रमित भएका हुन् । उनीहरू क्रमशः मर्स्याङ्दी गाउँपालिका– ५ र बेसीशहर नगरपालिका– ६ का हुन् । 

        यो संगै जिल्लामा कुल संक्रमितको संख्या दुई हजार ४२० पुगेका छ । त्यस्तै, कोरोना जित्नेको संख्या दुई हजार १८३ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या २०१ रहेको छ । आज कोरोनाका कारण कसैको पनि निधन भएको छैन ।

        आज सबैभन्दा धेरै संख्या बेसीशहर र मध्यनेपाल नगरपालिकाका ५/५ जना, राइनास नगरपालिका र मर्स्यर्याङ्दी गाउँपालिकाका ३/३ जना छन् । त्यस्तै, तनहूँको भानु नगरपालिका– ९ का लमजुङ बस्ने ३८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । 

        आज बेसीशहर नगरपालिका– ६ का १२ वर्षका एक एक जना बालक र बालिका, ५० र ६२ वर्षीया महिला, वडानं– १० का ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । 

        यसैगरी, मध्यनेपाल नगरपालिका– ४ का १२ र १४ वर्षका बालक, वडानं– ५ का ४० वर्षका पुरुष र ५८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, राइनास नगरपालिका– ४ का ६१ वर्षका पुरुष, वडानं– ५ का ४० वर्षका पुरुष र वडानं– ६ का ५८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।   मर्स्याङ्दी गाउँपालिका– ५ का १० र १५ वर्षका बालिक तथा १६ वर्षीया बालिकाहरू संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार साउन २१ गतेका दिनमा पनि कोरोना संक्रमण पुष्टि हुनेको संख्या हिजोका दिनमा ३१ रहेकोमा आज त्यो झरेर १७ कायम भएको हो ।

No comments:

Post a Comment