अन्तरङ्ग संवाददाता
घेर्मु(लमजुङ)– लमजुङमा प्रायः सबै गाउँमा मोटर पुग्दा पनि स्थानीय घेर्मुबासीका लागि आफ्नै गाउँमा मोटर आएको देख्न निकै रहर निकै अघिदेखिनै जागृत भएको हो । उनीहरूले मस्र्याङ्दी नदी पारी गुडिरहेको मोटर देख्न थालेको दुई दशक पुरा भएको छ तर आफ्नो गाउँसम्म मोटर चढेर आउने रहर साच्दै बस्न बाध्य थिए । अब त्यो पीडाको स्थितिमा केही राहत मिलेको छ । आफ्नै पहलमा अस्थायी मोटरेवल पुल निर्माण गरेर भए पनि घेर्मुबासीले त्यो रहर पुरा गरेका छन् । अब हिउँदाका दिनमा घेर्मुमा मोटर पुग्ने भएको छ ।
लमजुङका तत्कालीन ६१ गाविसमा घेर्मु मात्र सडक सञ्जालबाट विमुख थियो । त्यसमा पनि हिउँदका दिनमा मात्र भने पनि अब मोटर चल्ने भएको छ । बेसीशहर– मनाङ सडक खण्डमा रहेको स्याँगेबाट घेर्मुसम्म हिउँदका दिनमा सहज रुपमा गाडी पुग्ने भएको छ । पुल निर्माणका लागि मेघबहादुर गुरुङको अध्यक्षतामा पुल निर्माण समिति बनाइको थियो । सोही समितिमार्फत पुल निर्माणको काम सम्पन्न भएको हो । उक्त पुल निर्माण गर्न स्थानीय तथा अन्य व्यक्तिबाट ४ लाख ६६ हजार १६ रुपैया रकम संकलन भएकोमा निर्माण कार्यमा २ लाख ७८ हजार ६ सय १५ रुपैयाँ खर्च भएको सो अवसरमा पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले पुल निर्माणको आम्दानी खर्च प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिनु भयो । उहाँका अनुसार बाँकी रकम अर्को वर्ष मर्मतका लागि राखिने भएको छ ।
घेर्मु गाउँ मस्र्याङ्दी गाउँपालिका– ५ मा पर्दछ । घेर्मुमा मोटर लग्नका लागि सोही गाउँपाकिला– ४ को स्याँङ्गेबाट घेर्मु जोड्ने गरी मस्र्याङदी नदीमा अस्थायी मोटरेवल पुल निर्माण गरेर गाउँमा मोटर पु¥याउने काम गरेका हुन् । अस्थायी पुल निर्माण भई मोटर गाउँमा जाने भएपछि पहिलो मोटरलाई थानीयबासी माला र अविरका साथ स्वागत गरेको छन् । गाउँलेको सक्रियतामा मस्र्याङदी नदीमा नवनिर्मित अस्थायी मोटरेवल पुलको समाजसेवी एवम् तत्काली घेर्मु गाविसका अध्यक्ष स्व. मुक्तबहादुर गुरुङका श्रीमती द्वय कुमाल्स्यो गुरुङ र दिलमाया गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । पालिकाका अन्य वडा तथा गाउँमा मोटरबाटो पुगे पनि घेर्मु जोड्न मस्र्याङ्दी नदीमा पुल नहँुदा स्थानीयले धेरै सस्ती खेप्नु परेको थियो । त्यही अभावलाई पुरा गर्नका लागि स्थानीय समाजसेवी तथा नेपाली कंग्रेसका जिल्ला सदस्य नरबहादुर गुरुङको सक्रियतामा देश विदेशबाट रकम संकलन गरी अस्थायी पुल निर्माण गरिएको हो । अब उक्त सडकलाई बढाएर तल्लो चिप्लासम्म पु¥याइने भएको उहाँको भनाई छ ।
गाउँमा विरामी हुँदा पिठमा बोकेर मोटरबाटोसम्म लग्नु पर्ने बाध्यता थियो, बाहिरबाट निर्माण सामग्री तथा खाद्यान्न लगायतका सामग्री ढुवानी गरी ल्याउँदा समेत निकै खर्च हुने गरेकोमा अब राहत हुने भएको महिला सञ्जाल अध्यक्ष विमला गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनै कुनै मालको त परेको मूल्यभन्दा पनि ढुवानीमा बढी खर्च हुने गरेको थियो, अब हिउँदका ७,८ महिना भने पनि राहत हुने भएको छ ।’
बेसीशहर– मनाङ सडक खण्डमा रहेको स्याँगेबाट घेर्मुसम्म हिउँदका दिनमा सहज रुपमा गाडी पुग्ने भएको छ । पुल निर्माणका लागि मेघबहादुर गुरुङको अध्यक्षतामा पुल निर्माण समिति बनाइको थियो । सोही समितिमार्फत पुल निर्माणको काम सम्पन्न भएको हो । उक्त पुल निर्माण गर्न स्थानीय तथा अन्य व्यक्तिबाट ४ लाख ६६ हजार १६ रुपैया रकम संकलन भएकोमा निर्माण कार्यमा २ लाख ७८ हजार ६ सय १५ रुपैयाँ खर्च भएको सो अवसरमा पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले पुल निर्माणको आम्दानी खर्च प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिनु भयो । उहाँका अनुसार बाँकी रकम अर्को वर्ष मर्मतका लागि राखिने भएको छ ।
पुल निर्माण समितिका अध्यक्ष मेघबहादुर गुरुङको अध्यक्षतामा भएको पुल उदघाटन कार्यक्रममा निर्माण समितिको सल्लाहकार सदस्य राम घलेले स्वागत गर्नु भएको थियो ।
उदघाटन कार्यक्रममा नेपाली कंग्रेसका जिल्ला सदस्यद्वय नरबहादुर गुरुङ, लोकनाथ घिमिरे, एक्याप ताघ्रिङका संयोजक बलबहादुर गुरुङ, गुरुङभाषाविद आशबहादुर गुरुङ, पत्रकार महासंघका केन्द्रीय सदस्य नविन कुईकेल, समाजसेवी मंगामाया गुरुङ, कांगे्रस मस्र्याङ्दी गाउँपालिका सचिव खुस काशी गुरुङ, नेपाली कांग्रेस मस्र्याङ्दी गाउँपालिकाका प्रवक्ता विनोद परियार, महिला सञ्जाल अध्यक्ष विमला गुरुङ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । आफ्नो गाउँमा पहिलो पटक मोटर देख्न पाउदा घेर्मु बासी हर्षित भएका छन् ।
उक्त स्थानमा स्थायी पुल निर्माणका लागि डिपिआर समेत गरी प्रदेश सरकारबाट बजेट निकासा भएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भएको छ ।
लमजुङका तत्कालीन ६१ गाविसमा घेर्मु मात्र सडक सञ्जालबाट विमुख थियो । त्यसमा पनि हिउँदका दिनमा मात्र भने पनि अब मोटर चल्ने भएको छ ।

No comments:
Post a Comment