कोरोना संक्रमण : लमजुङमा आज एक अंकमा झर्यो, १० जनाले कोरोना जीते - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, August 9, 2021

कोरोना संक्रमण : लमजुङमा आज एक अंकमा झर्यो, १० जनाले कोरोना जीते

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस (कोभिड– १९)का संक्रमित संख्यामा उचारचढाव हुने क्रम अझै जारी नै     छ । हिजो ५८ जनामा संक्रमण पुष्टि भएकोमा आज साउन २५ गते त्यो संख्या घटेर एक अंक अर्थात ७ जनामा झरेको छ । 

        संक्रमित कम हुनु नराम्रो होइन तर परीक्षण संख्या कम भएर वा अन्य कारणले गाउँगाउँमा रोग लुकाएर वा पालेर बस्ने स्थितिको अन्त्य हुनुपर्छ । संक्रमित संख्या शून्यमा झर्नु र त्यो अवस्था स्थिर हुनुपर्छ भन्ने हाम्रो धारणा हो । 

        आज मध्यनेपाल नगरपालिका र राइनास नगरपालिकामा २/२ जना, तनहूँको भानु नगरपालिकाका दुई जना र गोर्खा पालुन्टार नगरपालिका– २ का ४५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । 

        आजका संक्रमितहरू जिल्लाका दुई नगरपालिकाका मात्र हुन् । आज बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङदी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।  

        आज सबैभन्दा कम उमेरमा २० वर्षीया युवतीदेखि सबैभन्दा बढी उमेरमा ४५  वर्षका पुरुष संक्रमित भएका छन् । उनीहरू क्रमशः राइनास नगरपालिका– ४ र गोरखाको पालुन्टार नगरपलिका– २ का हुन् । यो संगै जिल्लामा कुल संक्रमितको संख्या दुई हजार ५०६ पुगेको छ । 

       आजका सक्रमितमा मध्यनेपाल नगरपालिका– ६ का ४२ वर्षका पुरुष र वडानं– ७ का ३३ वर्षीया महिला, राइनास नगरपालिका– ४ का २० वर्षीया युवती, वडानं– ५ का ३३ वर्षका पुरुष छन् भने तनहूँको भानु नगरपालिका– ३ का ३५ वर्षीया महिला, सोही नगरपालिका– ९ का २४ वर्षका युवक संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार आज थप १० जनाले कोरोना जीत्न सफल भएका छन् । कोरोना जित्ने कुल संख्या २ हजार २४२ पुगेको छ । 

        स्मरणीय छ, साउन २२ गतेका दिनमा संक्रमित संख्या दुई जनामा झरेको थियो भने त्यस पछि प्रति दिन त्यो संख्या बढेर हिजो ५८ जनामा पुष्टि भएको थियो । 

No comments:

Post a Comment