कोरोना संक्रमण : लमजुङमा आज २ जना संक्रमित ३१ जनाले कोरोना जीते - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, August 10, 2021

कोरोना संक्रमण : लमजुङमा आज २ जना संक्रमित ३१ जनाले कोरोना जीते

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस (कोभिड– १९)का संक्रमित संख्यामा ओह्रालो लाग्ने क्रम अझै जारी छ । हिजो ७ जनामा संक्रमण पुष्टि भएकोमा आज साउन २६ गते त्यो संख्या घटेर २ जनामा सीमित भएको छ । 

        संक्रमित कम हुनु नराम्रो होइन तर परीक्षण संख्या कम भएर वा अन्य कारणले गाउँगाउँमा रोग लुकाएर वा पालेर बस्ने स्थितिको अन्त्य हुनुपर्छ । संक्रमित संख्या शून्यमा झर्नु र त्यो अवस्था स्थिर हुनुपर्छ भन्ने हाम्रो धारणा हो । आजको परिणाम करिब आधा सय जनामा गरिएको परीक्षणबाट पुष्टि भएको बताइन्छ । 

आज मध्यनेपाल नगरपालिकामा मात्र २ जनामा संक्रमण पुष्टि भएको हो । आज  जिल्लाका अन्य पालिकाहरूमा संक्रमित फेला परेको पुष्टि भएको छैन । आज बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङदी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।  

        आज राइनास नगरपालिका– १ ४३ वर्षका पुरुष तथा वडानं– ४ का ३२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार आज थप ३१ जनाले कोरोना जीत्न सफल भएका छन् । कोरोना जित्ने कुल संख्या २ हजार २७३ पुगेको छ । 

        स्मरणीय छ, साउन २२ गतेका दिनमा संक्रमित संख्या दुई जनामा झरेको थियो भने हिजो २५ गतेका दिन ७ जनामा र आज फेरि २ जनामा संक्रमण पुष्टि हुन आएको छ । विडम्बना ! के छ भने जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या थप भएको (नमूना अस्पतालमा, साउन २२ गते) हो । तर ती व्यक्तिको नाम मृतक सूचिमा अझै पनि चढेको पाइएको छैन ।

No comments:

Post a Comment