कोरोना संक्रमण : दूधपोखरी गाउँपालिकामा एकै दिन थपिए ४९ जना संक्रमित, जिल्लाभर ५८ जना नयाँ संक्रमित थपिए, ४९ जनाले कोरोना जीते, जिल्लाका कुल संक्रमित २५ सय नजिक - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, August 8, 2021

कोरोना संक्रमण : दूधपोखरी गाउँपालिकामा एकै दिन थपिए ४९ जना संक्रमित, जिल्लाभर ५८ जना नयाँ संक्रमित थपिए, ४९ जनाले कोरोना जीते, जिल्लाका कुल संक्रमित २५ सय नजिक

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस (कोभिड– १९)का संक्रमित संख्यामा उचारचढाव हुने क्रम अझै जारी नै    छ । हिजो १९ जनामा मात्र संक्रमण पुष्टि भएकोमा आज त्यो संख्या बढेर साउन २४ गते ५८ जनामा संक्रमण पुष्टि भएको हो । 

        आज दूधपोखरी गाउँपालिकाको पनि एउटै वडा नं– ५ मा एकै दिन ४९ जना संक्रमित थपिएका छन् भने संक्रमित बालबालिकाको कुल संख्या ११ रहेको छ । यी मध्ये ९ जना दूधपोखरीका हुन् । दूधपोखरीको वडानं– ५ कोल्की गाउँ हो । 

        आजका संक्रमितहरू जिल्लाका तीन पालिकाका मात्र हुन् । आज बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका, मर्स्याङदी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।  

        आज सबैभन्दा कम उमेरमा ८ वर्षीया बालिकादेखि सबैभन्दा बढी उमेरमा ८२  वर्षका बयोबृद्ध पुरुष संक्रमित भएका हुन् । उनीहरू दुबै दूधपोखरी गाउँपालिका– ५ का हुन् । 

        यो संगै जिल्लामा कुल संक्रमितको संख्या दुई हजार ४९९ पुगेको छ । 

        आज सबैभन्दा धेरै संख्या दूधपोखरी गाउँपालिकामा ४९ जना, राइनास नगरपालिकामा– ७ जना, र मध्यनेपाल नगरपालिका– ६ का ३३ र ४९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । 

        आजका सक्रमितमा दूधपोखरी गाउँपालिका– ५ का १०, ११, १४, १५ र १६ वर्षका बालक, १७, १८, २१, २२ र २३ वर्षका युवक, २९, ३५, ३९, ४९, ५३, ५६, वर्षका दुई जना पुरुष, ५१, ६० वर्षका दुई जना, ७० वर्षका दुईजना, ७२, ७८ र ८२ वर्षका पुरुष तथा ८, ११, १३, १५ र १६ वर्षीया बालिका, २६, ३१, ३२, ३८, ४१, ४५, ४६, ४७,  ५४, ६५, ७८ वर्षका दुई जना, ८२ वर्षीेया महिलामा संक्रमण पुष्टि भएको छ । 

        यसैगरी, राइनास नगरपालिका– ४ का २१ वर्षका पुरुष, वडानं– ५ का १४ वर्षका बालक र ३७ वर्षका पुरुष, ३० वर्षीया महिला, वडानं– ७ का ५२ वर्षका पुरुष र ४८ वर्षीया महिला तथा वडानं– ८ की १३ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार आज थप भएकासँगै जिल्लामा संक्रमित हुने कुल संख्या २ हजार ४९९ पुगेको छ । भने ४९ जनाले निको भएर कोरोना जीत्ने कुल संख्या २ हजार २३२ पुगेको छ । आजका दिनमा सक्रिय संक्रमितको कुल संख्या २३१ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

        स्मरणीय छ, अस्तिको दिनमा निधन भएको सुन्दरबजार नगरपालिका– २ का एक अधवैंसे व्यक्तिको निधनको गणना गरिएको छैन । जिल्लामा कोरोनाबाट निधन हुने कुल संख्या ३७ पुगेको छ । 

No comments:

Post a Comment