लमजुङमा कोरोना : हिजो २ जना संक्रमित पुष्टि भएकोमा आज १९ जना नयाँ संक्रमित थपिए - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, August 7, 2021

लमजुङमा कोरोना : हिजो २ जना संक्रमित पुष्टि भएकोमा आज १९ जना नयाँ संक्रमित थपिए

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस (कोभिड– १९)का संक्रमित संख्यामा उचारचढाव हुने क्रम अझै जारी छ । हिजो २ जनामा मात्र संक्रमण पुष्टि भएकोमा आज साउन २३ गते १९ जनामा संक्रमण पुष्टि भएको हो । 


        आजका संक्रमितहरू जिल्लाका पाँच पालिकाका हुन् । आज मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।  

        आज २० वर्षीया दुई युवतीदेखि सबैभन्दा बढी उमेरमा ६३ वर्षका पुरुष संक्रमित भएका हुन् । उनीहरू क्रमशः बेसीशहर र सुन्दरबनार नगरपालिका तथा राइनास नगरपालिकाका हुन् । 

        यो संगै जिल्लामा कुल संक्रमितको संख्या दुई हजार ४४१ पुगेको छ । 

        आज सबैभन्दा धेरै संख्या बेसीशहर नगरपालिकामा ८ जना, सुन्दरबजार नगरपालिकामा– ७ जना, गोर्खाको पालुनटार नगरपालिका– ३ का ३१ र ५० वर्षीया महिला तथा राइनास नगरपालिका– ६ का ६३ वर्षका पुरुष तथा दोर्दी गाउँपालिका– ४ का ५२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । 

        त्यसैगरी, बेसीशहर नगरपालिका– २ का २६ वर्षीया महिला, वडानं– ३ का ५० वर्षका पुरुष तथा २६ वर्षीेया महिला, वडानं– ८ की २४ वर्षीया महिला, वडानं– १० का २४ वर्षका पुरुष तथा वडानं– ११ का २०, २३ र २४ वर्षीया युवती र ४८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । 

        यसैगरी, सुन्दरबजार नगरपालिका– ६ का २० वर्षीया युवती, सोही वडाका २२ वर्षका तीन र २३ वर्षका युवक र ५६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको आधिकारिक फेसबुक पेजमा उल्लेख छ । आज शनिबार बिदाको दिन भएको हुँदा थप विवरण दिइएको छैन । 

No comments:

Post a Comment