पहिरो पीडितलाई सफल आमा समुहको सहयोग - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, August 10, 2021

पहिरो पीडितलाई सफल आमा समुहको सहयोग

कृष्ण आले

बेसीशहर– बेसीशहर नगरपालिका– ६ चनौटे स्थित सफल आमा समुहले को पहिरो पीडित सरोज रिमाललाई आर्थिक सहयोग गरेको छ । बेसीशहर नगरपालिका– १० राउतथोकका रिमाललाई वेसीशहर नगरपालिका वडा नं ६ चनौटेमा रहेको सफल आमा समुहले साउन २६ गते आर्थिक सहयोग गरेको हो ।

        रिमाललाई आमा समुहले नगद २१ हजार  ६ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको हो । रिमाल गत असारको पहिलो सातामा आएको अविरल वर्षासँगैको पहिरोमा परी घाईते भएका थिए । बेसीशहर नगरपालिका– ६ का वडा सदस्य होमबहादुर राउतले सरोज रिमालको श्रीमती मनिसा रिमाललाई सो नगद रकम हस्तान्तरण गर्नुभएको हो । घाइते रिमालको हाल काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ । 

        समाजसेवासहित सामाजिक गतिविधी तथा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको सफल आमा समुहका पदाधिकारीहरू र स्थानीयले गच्छेअनुसार आर्थिक सहयोग संकलन गरी रिमाललाई सहयोग गरेको समुहका कोषाध्यक्ष श्रीकला घलेले बताउनुभयो ।

        रिमालको उपचार हाल ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको परिवार श्रोतले जानकारी दिएको छ । उहाँ केही हप्ताअघि तनहुँको तुरतुरेमा बाटोमा हिड्दै गर्दा बाढीपहिरो सहित रुख ढलेर लाग्दा घाइते हुनुभएको थियो । सो क्रममा रिमालको खुट्टा, शरीरको विभिन्न भागमा चोट पुगेको छ । 

        सरोज रिमाल बचाउ अभियनलाई साथ दिन आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सफल आमा समुहका अध्यक्ष रमिता आलेले बताउनु भयो । उहाँकै अध्यक्षतामा भएको नगद हस्तान्तरण कार्यक्रमको सञ्चालन समुहका सदस्य सुषमा आलेले गर्नुभएको थियो ।

No comments:

Post a Comment