पत्रकारको आवरण र प्रहरीसँगको सामिप्यतामा ठगी गर्ने एक पक्राउ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, August 2, 2021

पत्रकारको आवरण र प्रहरीसँगको सामिप्यतामा ठगी गर्ने एक पक्राउ

अन्तरङ्ग सम्वाददाता

काठमाडौं– आफूलाई पत्रकार भएको र प्रहरीसँग निकट भएको बताएर ठगी गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालाजुबाट खेमराज खनालाई साउन १८ गते पक्राउ गरेको हो । 

        खनालले डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको एसएसपी अशोक सिंहले बताउनु भएको     छ । उहाँका अनुसार खनालबाट थप व्यक्ति पनि ठगिएको सूचना छ तर लिखित उजुरी आयन बाँकी छ । यहाँले भन्नुभयो, ‘खनाललाई पक्राउ गरेका छौं, अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु    हुन्छ ।’

        खनालले नेपाल प्रहरीका विभिन्न उच्च अधिकृतहरूसँग तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्ने गरिआएका थिए । त्यही फोटोको आधारमा प्रहरीसँग निकट सम्बन्ध छ भनेर उनीले ठगी गर्ने गरेको समेत अनुसन्धानमा खुलेको प्रहरी भनाई छ ।

        गत वर्षको प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालले खनाललाई सम्मान पनि गरेको    थियो । 

        स्मरणीय छ, तर तत्कालीन कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी हरिबहादुर पालबाट खनालको चरित्र ठीक नभएको दावी गर्दै उनले पाएको सम्मान समेत खोस्ने निर्णय भएको थियो ।

No comments:

Post a Comment