प्रेस काउन्सिलद्वारा पत्रपत्रिकालाई हुलाक सेवा निःशुल्क गर्न आग्रह - अन्तरङ्ग
1620215557

Tuesday, August 3, 2021

demo-image

प्रेस काउन्सिलद्वारा पत्रपत्रिकालाई हुलाक सेवा निःशुल्क गर्न आग्रह

अन्तरङ्ग सम्पाददाता

काठमाडौं– पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसबारेमा काउन्सिलले सरकारको ध्यानाकर्षण गरेको साउन १९ गते जनाएको हो । 

Press-council-nepal-building

        यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्था रहेकोमा सो व्यवस्था विपरीत पत्रपत्रिकाका प्रत्येक प्रतिमा टिकट टाँस्नुपर्ने अनिवार्य गरेकोमा काउन्सिलले चासो देखाएको हो । खाइपाई आएको सुविधा हरण गर्न हुन्न भनिन्छ तर सरकारले पत्रपत्रिकाले पाइआएको निःशुल्क वितरणको सुविधा कटौति भएकोमा छापा पत्रकार जगत रुष्ट भएका छन् । 

        यस विषयमा पत्रकार जगतबाट काउन्सिलमा गुनासो आएकाले समन्वयको लागि मन्त्रालय र हुलाक सेवा विभागलाई लिखित पत्र पठाइएको काउन्सिलले जनाएको छ ।  

पत्रपत्रिकालाई परेको यस किसिमको समस्या फुकाउन आवश्यक सहजीकरणका लागि पनि काउन्सिलले पत्र मार्फत अनुरोध गरेको जानकारीमा आएको छ । 

No comments:

Post a Comment

Pages