स्वतन्त्रको राष्ट्रिय अधिवेशन भदौ १८ र १९ गतेका लागि तयारी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, August 2, 2021

स्वतन्त्रको राष्ट्रिय अधिवेशन भदौ १८ र १९ गतेका लागि तयारी

अन्तरङ्ग सम्वाददाता

पोखरा– स्वतन्त्र पत्रकार संघ नेपालको चौथो राष्ट्रिय अधिवेशनको तयारी गरिएको छ । आगामी भदौ १८ र १९ गतेका दिन अधिवेशन सम्पन्न गर्ने यहाँ सम्पन्न संघको सचिवालय बैठकले साउन १७ गते निर्णय गरेको हो


  कोरोना कहरका कारणले गर्दा सचिवालयको मात्र बैठक बसेर सो निर्णय गरेको संघले जनाएको छ । संघका राष्ट्रिय अध्यक्ष केवि मसालको अध्यक्षतामा भएको बैठकले राष्ट्रिय अधिवेशनका लागि आवश्यक पूर्वाधारका कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको हो । त्यसका लागि संघका जिल्ला शाखाका बाँकी रहेका अधिवेशन भदौ ५ गते भित्र सम्पन्न गर्ने, जिल्ला अधिवशेनमा राष्ट्रिय प्रतिनिधिहरू सहभागी हुने, जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाको विवरण पठाउन बाँकी रहेको र अधिवेशन बाँकी रहेका जिल्लाको विवरण तत्कालै राष्ट्रिय अध्यक्षलाई त्यसको जानकारी दिने निर्णय गरिएको संघका महासचिव आञ्जनराज न्यौपानेले बताउनु भयो । उहाँका अनुसार बैठकले सामाजिक पत्रकारिता पुरस्कार लागायतका स्वतन्त्रले वितरण गर्ने वार्षिक तीन वटा पुरस्कार वितरणका लागि संघका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा पुरस्कार छनौंट समिति गठन गरिएको छ । 

कोरोनाका कारणले गर्दा गत वर्षसमेत वितरण हुन नसकेको पुरस्कार राष्ट्रिय अधिवेशनका अवसरमा दुवैवर्षको वितरण गरिने भएको संघका अध्यक्ष केवि मसालले बताउनु भयो । उहाँका अनुसार कोरोनाको कहर नसकिएको भएता पनि अब पत्रकारहरूले खोप लगाइसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गरेर अधिवेशन गर्दा फरक नपर्ने ठहर गरी यस्तो निर्णय गरिएको हो । 

वैठकले कोरोनाका करण श्रमजीवी पत्रकारहरूको अवस्थालाई ध्यानमा राखेर सरकारले उनीहरूलाई विशेष राहतका कार्यक्रम ल्याउन ध्यानाकर्षण गर्ने, विज्ञापन बोर्डलाई समानुपातिक विज्ञापन नीति तत्काल लागू गर्न अनुरोध गर्ने लगायतका निर्णय गरेको कोषाध्यक्ष शालिग्राम पाण्डेले बताउनु भयो । 

उक्त बैठकले स्वतन्त्र सन्देशका सम्पादक यज्ञप्रसाद बास्तोलाको निधनमा शोक प्रस्ताव समेत पारित गरेको संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिनु भएको छ । 

बैठकमा सहभागीहरू सबैले आ– आफ्नो धारणा राख्दै राष्ट्रिय अधिवेशन समयमै सम्पन्न गरेर संघका गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउनु पर्ने बताउनु भएको संघका निवर्तमान महासचिव नवराज पहाडीले जानकारी दिनु भयो ।  उहाँका अनुसार स्वतन्त्रले वितरण गर्ने गत वर्ष कोभिडका कारणले वितरण गर्न बाँकी पुरस्कार समेत यो वर्ष वितरण गरिने छ । 

No comments:

Post a Comment