लमजुङमा कोरोना : आज फेरि उचालियो संक्रमित संख्या - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, August 4, 2021

लमजुङमा कोरोना : आज फेरि उचालियो संक्रमित संख्या

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस (कोभिड– १९)का संक्रमित संख्यामा उचारचढाव हुने क्रम जारी रहेको छ । साउन १९ गतेको तुलनामा २० गते संक्रमित संख्या निकै उचालिएको छ ।  हिजो १९ गतेका दिन ११ जना मात्र संक्रमित भएकोमा आज भने त्यो बढेर ३१ पुगेको हो । यो संख्या साउन १८ गतेको बराबर हो । 

        साउन २० गतेका दिन ३१ जना संक्रमित भएकामध्ये २५ जना लमजुङ र ६ जना जिल्ला बाहिर अर्थात गोर्खाका २ जना र तनहूँका ४ जना रहेका छन् ।

        आजका संक्रमितहरू जिल्लाको छ पालिकाका हुन् भने दूधपोखरी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका    छैनन् ।  

        आज ७, ११ र १५ वर्षका तीनजना बालक सहित ३१ जना संक्रमित भएका हुन् । उनीहरू क्रमशः तनहूँ व्यास नगरपालिका– ८, मध्यनेपाल नगरपालिका– ४ र दोर्दी गाउँपालिका– ४ का हुन् । 

        त्यसैगरी, आजका संक्रमित मध्येमा सबैभन्दा अधिक उमेरमा ७६ वर्षीया महिला छन । उनी राइनास नगरपालिका– ४ की हुन् । 

        यो संगै जिल्लामा कुल संक्रमितको संख्या दुई हजार ४०३ पुगेका छ । त्यस्तै, कोरोना जित्नेको संख्या दुई हजार १४८ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या २१९ रहेको छ । तीमध्ये ३६ जनाको कोरोनाका कारण निधन हुन गएको छ ।

        आज सबैभन्दा धेरै संख्या बेसीशहर नगरपालिकामा ९ जना, मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकामा ५/५ जना, तनहूँको व्यास नगरपालिकाका लमजुङ बस्ने ४ जना, राइनास नगरपालिकामा ३ जना तथा मर्स्याङ्दी गाउँपालिका र गोर्खा घर भई लमजुङ बस्ने २÷२ जना संक्रमित फेला परेका छन् । उनीहरू चारै जना महिला हुन् । उनीहरूको उमेर लमजुङका २८, ३१ तथा गोर्खाका ४२ र ४८ वर्षीया रहेका छन् । यसैगरी, सुन्दरबजार नगरपालिका– २ का ५७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । 

        आज बेसीशहर नगरपालिका– १ को ४० वर्षीया महिला, वडानं– २ को ४२ वर्षका पुरुष, वडानं– ५ का २३ वर्षीया युवती, वडानं– ६ का ३१ वर्षका पुरुष र ३६ वर्षीया महिला, वडानं– ८ का ३४ र ५२ वर्षीया महिला तथा २० वर्षका युवक र वडानं– १० का २६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । 

        यसैगरी, मध्यनेपाल नगरपालिका– १ का ७५ वर्षका पुरुष, वडानं– ३ का ५० वर्षीया महिला, वडानं– ४ का ११ वर्षका बालक तथा ४१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, दोर्दी गाउँपालिका– ४ का १५ वर्षका बालक र ४० वर्षका पुरुष तथा ३० र ३५ वर्षीया महिला छन् भने वडानं– ८ का ५० वर्षका पुरुष संक्रमित भएका हुन् । 

        यसैगरी तनहूँको व्यास नगरपालिका– ४ का ७ वर्षका बालक, १८ वर्षका युवक, २७ र २९ वर्षका पुरुष संक्रमित भएका छन् । त्यस्तै, मर्स्याङ्दी गाउँपालिका– ३ का २८ र ३१ वर्षीया महिला तथा गोरखाको सिरानचोक गाउँपालिका– ३ मा स्थायी बसोबास भई लमजुङ बस्ने ४२ र ४८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार साउन १८ गतेका दिनमा पनि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३१ नै रहेको थियो । 

        हिजो साउन १९ गतेका दिनमा संक्रमितको कुल संख्या ११ जना रहेको थियो । जसमा राइनासमा ५ जना र बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र तनहूँको भानु नगरपालिका– ११ मा घर भई लमजुङमा बस्ने २/२ जना रहेका थिए ।

No comments:

Post a Comment