लमजुङमा कोरोना संक्रमण संख्यामा उतारचढाव जारी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, August 17, 2021

लमजुङमा कोरोना संक्रमण संख्यामा उतारचढाव जारी

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस (कोभिड– १९)का संक्रमित संख्यामा उतार चढाव हुने क्रम अझै जारी छ । हिजो ४ जनामा मात्र संक्रमण पुष्टि भएकोमा आज भदौ १ गते त्यो संख्या बढेर १७ जनामा उचालिन पुगेको छ ।

         आज जिल्लाका पाँच पालिकामा संक्रमित फेला परेका छन् । आज बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका तथा दूधपोखरी गाउँपालिका र क्ब्होलासोंथर गाउँपालिकामा संक्रमित फेला परेका हुन् । आजका दिनमा मध्यनेपाल नगरपालिका, दोर्दी गाउँपलिका र मर्स्याङदी गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।

        आज सबैभन्दा बढी सुन्दरबजार नगरपालिकामा ८ जना, राइनास नगरपालिकामा ३ जना, बेसीशहर नगरपालिकामा २ जना, तनहूँको भानु नगरपालिकाका लमजुङ बस्ने ५० वर्षका पुरुष र ७८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, दूधपोखरी गाउँपालिका– ४ का ६५ वर्षका पुरुष तथा क्ब्होलासोंथर गाउँपालिका– ९ का २६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । 

        आज सुन्दरबजार नगरपालिका– १ का ४२ वर्षका पुरुष, वडानं– ६ का ५२ वर्षका पुरुष, वडानं– ७ का ६५ वर्षका पुरुष, वडानं– ८ का ६४ वर्षका पुरुष तथा ६ वर्षीया दुई तथा १४ वर्षीया बालिका र ३० वर्षीया महिलामा संक्रमण पुष्टि हुन आएको छ । त्यस्तै, राइनास नगरपालिका– १ का ५४ वर्षका पुरुष तथा वडानं– ७ का ५४ वर्षका पुरुष र ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । 

        यसैगरी, बेसीशहर नगरपालिका– २ का ६४ वर्षका पुरुष र ५२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार आजका दिनसम्म कुल संक्रमित संख्या २ हजार ५८३ जना तथा कोरोना जित्ने कुल संख्या २ हजार ३८४ रहेको छ । सक्रिय संक्रमित संख्या केही दिन अघि २ सय नाघेकोमा त्यो घटेर १६३ मा झरेको छ । 

        स्मरणीय छ, साउन ३२ गतेका दिनमा संक्रमित संख्या चार जनामा झरेको थियो भने त्यसको अघिल्लो दिन अर्थात साउन ३१ गते ६ जनामा संक्रमण पुष्टि भएको थियो ।

No comments:

Post a Comment