केन्पो खुकुरी मार्सलको गण्डकी प्रदेशमा विष्णु पुन, कास्कीमा राजन सुवेदी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, July 31, 2021

केन्पो खुकुरी मार्सलको गण्डकी प्रदेशमा विष्णु पुन, कास्कीमा राजन सुवेदी

पोखरा ।  नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स सङ्घको कास्की जिल्ला अध्यक्षमा राजन सुवेदी चयन भएका छन् । पोखरामा सम्पन्न केन्द्रीय बैठकबाट सुवेदीलाई अध्यक्ष घोषणा गरिएको हो । जिल्ला समितिका अन्य पदाधिकारीहरू पछि मनोनित गरिने अध्यक्ष सुवेदीले जानकारी दिए ।


सङ्घका अध्यक्ष पूर्णप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले कास्कीसँगै गण्डकी प्रदेश कार्यसमिति पनि घोषणा गरेको छ । गण्डकी प्रदेशको अध्यक्षमा विष्णु पुन चयन भएका छन् । यस्तै उपाध्यक्षमा मनोज खड्का, हरिराज जोशी, तारा शर्मा, शान्तासिँह बस्नेत, खेम गुरुङ, महासचिवमा सन्दिप कोइराला, सचिव विष्णु पोखरेल, कोषाध्यक्षमा पुरुषोत्तम पौडेल र सदस्यहरूमा  गोविन्द भुसाल,  दीपेन्द्र शर्मा, विष्णुहरि भुगाईँ , दिनेश केसी, बलबहादुर सुनार, दीपेन्द्र अधिकारी, ऋिषि बस्नेत, मोहम्मद जुमाल अलि रहेका छन् ।


कार्यक्रममा निवर्तमान गृहमन्त्री खगराज अधिकारीले आफू सधैं खेलाडीको हितमा लाग्ने र संघलाई जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियए। कार्यक्रममा गण्डकी प्रदेशका सांसद् इन्द्रधारा विष्ट,  सङ्घका केन्द्रीय सचिव सुरेन्द्र गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए । सन्दिप कोइरालाले सञ्चालन गरेका कार्यक्रममा स्वागत राजन सुवेदीले गरेका थिए ।

No comments:

Post a Comment