कोरोना संक्रमित बढे, आज ११ जना बालबालिकासहित ३९ जना संक्रमित, कोरोना जित्ने संख्या ९, थप एकको निधन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, July 30, 2021

कोरोना संक्रमित बढे, आज ११ जना बालबालिकासहित ३९ जना संक्रमित, कोरोना जित्ने संख्या ९, थप एकको निधन

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित संख्यामा उतारचढाब भइरहेको छ । आज साउन १५ गतेका दिन संक्रमित संख्या फेरि उचालिएको छ । आज ११ जना बालबालिका सहित ३९ जना नयाँ व्यक्तिमा संक्रमण पुष्टि भएको हो । आज ९ जनाले कोरोना जित्नु भएको छ भने कोरोनाको कारण थप एक जनाको निधन भएको छ । 

        आज धेरै दिनपछि ठूलो संख्यामा बालबालिकामा संक्रमण पुष्टि हुन आएको हो । 

        आज जम्मा चार पालिकामा संक्रमित फेला परेका छन् भने गोर्खा जिल्लामा घर भई लमजुङ बस्ने २ जनामा पनि संक्रमण पुष्टि भएको छ । ती दुईमध्ये एक १४ वर्षका बालक हुन् भने अर्का ६३ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

        आज बेसीशहर नगरपालिकासहित दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र क्ब्होलासोंथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।

        आज सबैभन्दा बढी मर्स्याङदी गाउँपालिकामा ६ जना बालबालिका सहित १९ जना, मध्यनेपाल नगरपालिकामा ३ जना बालबालिका सहित १० जनामा संक्रमण पुष्टि हुन आएको छ भने सुन्दरबजार नगरपालिकामा ५ जनामा संक्रमण भएको छ । तीमध्ये एक ११ वर्षीया बालिका छन् । यसैगरी, राइनास नगरपालिकामा २ जना १९ वर्षका युवक र ४२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

`        आज मर्स्याङदी गाउँपालिकामा संक्रमित भएको १९ जना सबै वडानं– ४ का हुन् । तीमध्ये ६ जना बालबालिका छन् । जसमा ४, ९, १० र १४ वर्षका बालक तथा १३ र १४ वर्षीया बालिका छन् । अन्य संक्रमितमा २२ वर्षका युवक, ४८ र ७० वर्षका पुरुष छन् भने महिलाहरूमा २३, २८ र ३३ वर्षीया दुई जना, ४०, ४४ वर्षीया दुई जना र ६७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

        मध्य नेपाल नगरपालिका– ३ का ६ वर्षका बालक, १२ वर्षीया बालिका, ३२ र ५३ वर्षीया महिला, वडानं–  ४ का १४ वर्षका बालक, ३२ र ५५ वर्षका पुरुष तथा २८ र ३५ वर्षीया महिला, वडानं– ७ का २८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । 

        आज सुन्दरबजार नगरपालिका– ८ का ६४ वर्षका पुरुष, ५७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही नगरपालिका– ९ का ५२ वर्षका पुरुष, ११ वर्षीया बालिका र १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँका अनुसार आज जिल्लामा कुल संक्रमित संख्या दुई हजार ३२५ पुगेको छ । सो विज्ञप्ति अनुसार आजका दिनमा कोरोना जित्ने ९ जना थप भएका छन् भने आज मर्स्याङदी गाउँपालिका– ३ का ७५ वर्षका पुरुषको निधन भएको छ । योसँगै जिल्लामा कोरोनाका कारण निधन हुने कुल संख्या ३६ जना पुगेको छ ।  

स्मरणीय छ, साउन ७ गतेका दिनमा संक्रमण शून्य अंकमा झरेर खुसीको सञ्चार गराएकोमा धेरै दिन पछि साउन १४ गते संक्रमित संख्या एक अंकमा झरेर ९ जनामा पुष्टि भएको थियो ।

No comments:

Post a Comment