शिक्षक महासङ्‌‍घ रिले अनसनमा - अन्तरङ्ग
1620215557

Friday, July 30, 2021

demo-image

शिक्षक महासङ्‌‍घ रिले अनसनमा

1
पोखरा । नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन शुक्रबारदेखि सकेको छ । सो चरणको अन्तिम कार्यक्रमका रूपमा शुक्रबार देशभर रिले अनसन गरिएको थियो ।

महासङ्घको सङ्घीय समितिको आह्वानमा गठित विभिन्न तहगत आन्दोलन परिचालन समितिको अगुवाइमा शुक्रबार ७५३ ओटै स्थानीय तहका कार्यालय, ७७ ओटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई र ७ ओटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा शिक्षकहरू रिले अनसन बसेका थिए । सङ्घीय शिक्षा ऐना जारी गर्नुपर्ने, शिक्षक महासङ्घ र सरकारबिच भएको सहमति कार्यान्वयन गर्नुपर्ने, शिक्षकलाई पनि राष्ट्रसेवकको दर्जामा राखिनुपर्नेलगायतका  ३४ बुँदै माग राखेर असार १५ गते सबै तहमा ज्ञापन पत्र बुझाएर सुरु भएको चौथो चरणको आन्दोलन १ महिनासम्म सञ्चालन भएको थियो ।

आन्दोलन परिचालन समिति, कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाईमा शिक्षकहरू रिले अनसन बसेका थिए । एकदिने अनसनको समापन गर्दै महासङ्घ, कास्कीका सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति, कास्कीका संयोजक महेन्द्रमणि पौडेलले हालसम्म कुनै पनि उपलब्धि आन्दोलनबिना सम्भव नभएको स्मरण गरे । ‘आन्दोलन त शिक्षकहरूका लागि उत्सव नै हो ।’ पौडेलले भने, ‘हाम्रो लडाइँ सरकारसँग होइन, राज्यसँग हो । सरकार सापेक्ष कुरा हो, जसको सरकार आए पनि शिक्षकको मागका सम्बन्धमा हामी एकताबद्ध हुनैपर्छ ।’ नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आन्दोलनलाई खिसिट्युरी गर्ने गरेकोमा असन्तोष व्यक्त गर्दै सहअध्यक्ष पौडेलले शिक्षकका सङ्घ/सङ्गठन कुनै दलका कार्यकर्ता मात्र भएर होइन, शिक्षक भएर शिक्षकका हकहितका लागि लड्नुपर्नेमा जोड दिए । महासङ्घ नै पुनःपरिभाषित हुनुपर्ने उनले औँल्याए ।

227922900_159543106249149_6055494771435194622_n


महासङ्घ, कास्कीका सचिव मनिराम कडेलले यो आन्दोलन सम्पूर्ण शिक्षकहरूको हकहितका लागि गरिएको जिकिर गरे । सामाजिक सञ्जालमा आन्दोलनप्रति नकारात्मक धारणा राखिएकोमा कडेलको पनि गुनासो थियो । उनले शिक्षकहरूको जायज माग पूरा गराउन सबै तहका नागरिकले सहयोग गर्न आह्वान पनि गरे ।

यसै गरी गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पनि शिक्षकहरू रिले अनसनमा बसेका थिए । यसअघि साउन १ गते ७ ओटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने कार्यक्रमअनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको कार्यालयअगाडि धर्ना दिन गएका शिक्षकहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो भने १९ जना शिक्षक पक्राउ परेका थिए । यस्तै कास्कीको पोखरा महानगरपालिका, रूपा गाउँपालिकालगायतका स्थानीय तहमा समेत रिले अनसन सम्पन्न भएको सचिव मनिराम कडेलले जानकारी दिए ।

223253636_353986509519142_1899495990875812782_n

221355073_2913239665558005_6521025559343060175_n

228628950_1906203506224303_90834559548899933_n

226318499_1906203662890954_6595017623699373458_n



No comments:

Post a Comment

Pages