कोरोना अपडेट : आज लमजुङका संक्रमित संख्या एक अंकमा झर्यो, बालबालिकामा संक्रमण र मृत्यु शुन्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, July 31, 2021

कोरोना अपडेट : आज लमजुङका संक्रमित संख्या एक अंकमा झर्यो, बालबालिकामा संक्रमण र मृत्यु शुन्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित संख्या आज एक अंकमा झरेको छ । आज साउन १६ गतेका दिन संक्रमित संख्या फेरि एक अंकमा झरेको छ । आज ५ जना नयाँ व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।


 
        आज जम्मा तीन पालिकामा संक्रमित फेला परेका    छन् । ती बेसीशहर नगरपालिकाका ३ जना, सुन्दरबजार नगरपालिका– ७ का २३ वर्षीया युवती र राइनास नगरपालिका– ४ का ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । 

        आज मध्यनेपाल नगरपालिकासहित दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोंथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।

        आज बेसीशहर नगरपालिका– १ का २४ वर्षका पुरुष, वडानं– ५ का ४८ वर्षका पुरुष, सोही नगरपालिका– ८ का ३१ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँका अनुसार आज जिल्लामा कुल संक्रमित संख्या दुई हजार ३३० पुगेको छ । सो विज्ञप्ति अनुसार आजका दिनमा कोरोना जित्ने कुल संख्या दुई हजार १११ जना पुगेका छन् भने आज जिल्लामा कोरोनाका सक्रिया संक्रमितको कुल संख्या १८३ जना पुगेको छ ।  

        स्मरणीय छ, यसअघि साउन ७ गतेका दिनमा संक्रमण शून्य अंकमा झरेर खुसीको सञ्चार गराएकोमा धेरै दिन पछि साउन १४ गते संक्रमित संख्या एक अंकमा झरेर ९ जनामा पुष्टि भएको थियो । आज त्यो संख्या ५ मा झरेको जिल्ला प्रशासनले जनाएको छ । 

No comments:

Post a Comment