स्वस्तिका चिलुवाल/अन्तरङ्ग
धमिलिकुवा(लमजुङ)– नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाले सेपा गाउँमा पहिरो पीडितलाई राहत वितरण गरेको छ । असार १७ गते परेको अबिरल बर्षाका कारण राइनास– ७ स्थित सेपा गाउँमा पहिरोमा परि बिस्थापित भएका सात परिवारलाइ रेडक्रसले असार १८ गते राहत बितरण गरेको हो ।
पहिरोबाट पूर्ण रुपमा क्षति भएका र बिस्थापित भएका गरी जम्मा ७ परिवारलाई रेडक्रसबाट राहत प्रदान गरिएको हो । पूर्ण क्षतिमा पर्ने एक परिवारलाई पकाउने किचन सामग्री, ब्लाङ्केट र केही लत्ताकपडा सहयोग गरेको छ भने बिस्थापित परिवारलाइ एक÷एक वटा पाल समेत बितरण गरेको छ । उक्त पहिरोमा परी स्थानीय बिष्णु गुरुङको घर पुर्ण रुपमा क्षति भएको छ भने अन्य ६ परिवार बिस्थापित छन् ।
लगातार परिरहेको अबिरल बर्षाका कारण उक्त क्षेत्रमा बसोबास गर्ने अन्य परिवार पनि बिस्थापित हुदैछन् । मध्यपहाडी लोकमार्ग बन्ने क्रममा माटो तल भिरमा खसाली दिएपछि उक्त क्षेत्र केही बर्ष यतादेखि बर्षायाममा उच्च जोखिममा पर्ने गरेको छ । कान्लै पिच्छेको चल्ने् गरेको पहिरोले कतिखेर पुर्ने हो थाहा छैन पीडितहरू बताउँछन् । पहिरोले बिस्थापित गरेको भोलिपल्टै अर्थात असार १८ गते रेडक्रसले उक्त राहत वितरण गरेको हो ।
पीडितहरूको राहत कार्यका लागि नेपाली कांग्रेसका पुर्वजिल्ला सभापति तुलसीनाराण श्रेष्ठको पहलमा रेडक्रसका सदस्य फडिन्द्रराज चिलुवाल र राननास नगरपाकिला– ७ का वडा सदस्य डम्बरराज भट्टको रोहबरमा ती राहत सामग्री बितरण गरिएको हो ।

No comments:
Post a Comment