जब पानी पर्छ बासको खोजीमा गाउँ डुल्छिन् एकल महिला बिष्णु गुरुङ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, July 2, 2021

जब पानी पर्छ बासको खोजीमा गाउँ डुल्छिन् एकल महिला बिष्णु गुरुङ

स्वस्तिका चिलुवाल/अन्तरङ्ग

लमजुङ– हेर्दा चिटिक्क परेको घर । एउटा पुरानो घर छ, अर्काे नयाँ । किचन बाथरुम सबै व्यवस्थित  । छेवैमा गाईगोठ र बाख्रको खोर । त्यसै घरमा एक्लै बस्थिन बिष्णु गुरुङ (अन्तरी) । सशस्त्र द्वन्दकालमा श्रीमान गुमाएकी उनी जब बर्षायाममा पानी पर्न थाल्छ घर बाहिर निस्केर गाउँमा बास खोज्न हिड्ने गरेको बताउछिन । असार १७ गतेका दिनमा भएको अविरल बर्षाले उनको घरमा पहिरोले चियाउन थाले पछि राइनास नगरपालिका– ७ की अन्तरीको कथा हो यो । 

        चिन्तित स्वरमा उनी भन्छिन् ‘दुःख जेलो गरेर बनाएको आफ्नै घर कुन दिन काल बनेर आउने हो पत्तो छैन ।’ अघिल्लो बर्षको बर्षायामको पानीले पाखो पहिरिदा छिमेकी छकबहादुर गुरुङको घरमाथि खसेको पहिरोले तर्साएपछि उनी पानी परेपछि बासको खोजीमा निस्कन्थिन । ‘कुनै रात त आधी रातमा पानी पर्न शरु गर्याे भने रातभरी जाग्राम बसेरै कट्ने गरको राइनास नगरपालिका– ७ की बिष्णु गुरुङ(अन्तरि)को कथा हो यो । असार १७ गते अबिरल परेको बर्षाका कारण मध्यपहाडी लोकमार्ग छेवैमा रहेको भित्तो पहिरिएपछि अन्तरीको घर पुरियो । दुःख जेलो गरेर जोडेको घर पहिरोले पुरिएपछि अब गाँस र बाँसको जोहोको खोजीमा छिन उनी । ‘भएको जग्गा जति बाढी र पहिरोको जोखिम क्षेत्रमा रहेकोले पनि अब जस्ताले बारेर रात काटौ भन्ने ठाउँ पनि छैन ।’ 

        उनले भनिन्, ‘खान त जसोतसो खाउला अब कति दिन अर्काको घरमा बस्नु ! भएको जति सबै गयो ।’ आखाँबाट खसेका आशुका ढिकाले उनी भित्रका पिडा बोलिरहन्छन् । एकल महिला त्यसमा पनि यो बिपत्ति सामना गर्नु पर्दाको समय सायद कसैलाइ पनि सैह्य हुँदैन । 

        रातिदेखि परेको अबिरल बर्षाले मन उदांगिसकेको थियो । घरमा बस्नै डर लागेर कामको बाहनामा खेततिर निस्केको थिय । आफ्नै अगाडि पापी पहिरोले घर लग्दियो उनी सुनाउछिन् । एक छोरा र एक छोरीकी आमा उनकी छोरीको विवाह भइसकेको छ । छोरा जागिरको सिलसिलामा हिडेको धेरै समय भयो घरमा फर्केका छ्रैनन् । 

उद्दारमा खटिए युवा 

        अन्तरीको घर पहिरोमा पर्याे भन्ने खबर सुन्नासाथ गाउका युवा, बृद्धबृद्धा, जनप्रतिनिधि र प्रहरिको सहयोगमा नकाल्न मिल्ने जति लत्ता कपडा, सरसामान र खाद्यान्न निकालियो । माथिबाट पहिरिदै छ हामी ज्यानको बाजी लगाएरै भएपछि बचेको सामान निकाल्न सफल भयौ राइनास नगरपालिकाकी सदस्य निर्मला चिलुवाल बताउछिन ।

No comments:

Post a Comment