तीन दिनसम्म अन्धकार रह्यो लमजुङ : गए रातीदेखि सेवा शुरु - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, July 5, 2021

तीन दिनसम्म अन्धकार रह्यो लमजुङ : गए रातीदेखि सेवा शुरु

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– यसवर्षको वर्षका कारणले लमजुङ तीन दिनसम्म अन्धकार रह्यो । केही दिन देखि भएको बर्षातले सिर्जित बाढी पहिरोका कारणले असारको १८ गते विद्युतका पोल ढलेका कारणले सो राती देखि विद्युत सेवामा अवरोध आएको हो । २२ गते विहानदेखि सेवा सुचारु भएको छ । 

        पहिरोले विद्युतको ३३ केभी प्रसारण लाइनमा क्षति भयो । डुम्रेदेखि मध्यमस्र्याङ्दी सम्मका विद्युतका केही पोल ढले, गोरखाको पालुङटार र तनहुँको चाम्बास तथा तुरतुरे क्षेत्रमा पनि पहिरो क्षति पु¥याएको हुँदा लमजुङ सो कारणले गर्दा गोरखा पश्चिम क्षेत्र तथा तनहूँको उत्तरी क्षेत्र अन्धकार भएको थियो । 

        लमजुङमा तनहूँको डुम्रेबाट गोरखा हुँदै विद्युत सेवा ३३ केभी लाइनबाट प्रशारण हुँदै आएको छ । सो आयोजनाका चारवटा पोल ढल्दा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले बतानु भयो । 

        त्यसैगरी, ११ केभी लाइनको २१ वटा विद्युत् पोल ढलेको लमजुङ विद्युत् उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले बताउनु भयो । उहाँका अनुसार घरघरमा विद्युत् वितरण गर्न गाडिएका ५२ वटा पोलमा बाढीपहिरोले क्षति पुर्याएको छ । 

        राष्ट्रिय प्रशारण लाइनसँग सम्पर्क विच्छेद भएपछि ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत आयोजनाको उत्पादनसमेत बन्द भएको छ । बाढीले १३२ केभी प्रसारण लाइनको ९ नम्बर टावर बगाएपछि विद्युत उत्पादन बन्द भएको हो ।  ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए को उत्पादन पनि गत ३१ जेठदेखि बन्द भएको छ । 

        उहाँले भन्नुभयो, ‘लमजुङ विद्युत उपभोक्ता संस्थामार्फत लमजुङको साविक ३४ गाविस र तनहुँको साविक ३ वटा गाविसमा विद्युत सेवा उपलब्ध गरिँदै आएको छ, बाढीपहिरोले ३१ हजार घरधुरीमा विद्युत अवरुद्ध भएको छ ।’ 

        असार २१ गतेका दिन विहानै विद्युत सेवा सुचारु हुन्छ भन्ने हल्ला गरिए पनि रातीमात्र अवरुद्ध विद्युत सेवा सुचारु भएको हो । 

No comments:

Post a Comment