कोरोना अपडेट : आज संक्रमित संख्या एक अंकमा झर्यो, १७ वर्षीया किशोरी सहित दुईको दुःखद निधन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, July 10, 2021

कोरोना अपडेट : आज संक्रमित संख्या एक अंकमा झर्यो, १७ वर्षीया किशोरी सहित दुईको दुःखद निधन

अन्तरङ्ग सम्वाददाता

बेसीशहर–  लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट आज संक्रमित हुने संख्या फेरि एक अंकमा झरेको छ । जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजमा दिइएको जानकारी अनुसार आज असार २६ गते ७ जनामा संक्रमित भएका छन् । उता, स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार १७ वर्षीया किशोरी सहित दुई जनाको दुःखद निधन भएको छ ।  

        थप भएको संख्यासँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या २०५८ पुगेको छ । हालसम्म जिल्लामा कोरोना जित्नेको संख्या एक हजार ८६५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १६३ रहेको र ३२ जनाको दुःखद निधन भएको छ ।

        आज राइनास नगरपालिकामा ४ जना, बेसीशहर नगरपालिकामा २ जना र सुन्दरबजार नगरपालिका– ९ की ७ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको छ । आज संक्रमित हुनेको अधिक उमेरमा ५६ वर्षका पुरुष छन् भने कम उमेरमा ७ वर्षीया बालिका छिन् । उनीहरू क्रमशः राइनास नगरपालिका– ८ र सुन्दरबजार नगरपालिका– ९ का हुन् । 

        आज राइनास नगरपालिका– ७ निवासी ३९ र ४५ वर्षीया महिला र ४३ बर्षका पुरुष तथा वडा नं ८ का बर्ष ५६ को पुरुषमा संक्रमण पुष्टि भएको छ । 

        यसैगरी, बेसीशहर नगरपालिका– ८ का ३६ बर्षका पुरुष र ३१ वर्षया महिला भएको सो विवरणमा उल्लेख    छ । 

        स्मरणीय छ, आज कोरोना संक्रमित एक अंकमा झरेको यो पाँचौ दिन हो । यसअघि एक अंकमा संक्रमित पुष्टि भएको दिनमा असार १५ गते ९ जना, १४ गतेका दिनमा ६ जना, असार १२ गतेका दिन ३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा मात्र पुष्टि भएको थियो । 

        यसैबीच, असार २५ गतेका दिनमा लमजुङमा कोरोनाका संक्रमित २१ जनामा पुष्टि भएको थियो । सवैभन्दा धेरै बेसीशहर नगरपालिकाको १५ जनामा, सुन्दरबजार नगरपालिकाको २ जना, राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका, मस्र्याङ्दी गाउँपालिका र  जिल्ला बाहिरको १÷१ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यलय लमजुङका प्रशासकीय अधिकृत जगदिश मिश्रले जानकारी दिनुभएको थियो ।

        त्यसैगरी, आज लमजुङमा कोरोना (कोभिड १९) संक्रमणका कारण १७ बर्षीया किशोरीसहित २ जनाको निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएर उपचाररत बेसीशहर नगपालिका– ६ का १७ बर्षीया किशोरीको निधन भएको स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो विज्ञप्ति अनुसार ती किशोरीमा असार २४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थिइन् । 

        यस्तै, अर्का निधन हुने व्यक्ति बेसीशहर नगरपालिका– १ का ४० बर्षीय पुरुष भएको स्वास्थ्य निर्देशनालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । सो विज्ञप्ति अनुसार असार १४ गते कारोना संक्रमण पुष्टि भएर मेडीप्लस अस्पताल पोखरामा उपचाररत थिए । यो सँगै लमजुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

No comments:

Post a Comment