अन्तरङ्ग सम्वाददाता
प्रमाणपत्र वितरण पछि संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले सोही वर्षको असार २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरी त्यसै महिनाको ३० गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था भएको बताउनु भयो । पौडेलले आगामी दिनमा संस्थालाई सवल र उत्कृष्ट सदस्य मैत्री कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी गराउनु भयो ।
संस्थाको स्थापना दिवसमा भएको रक्तदान कार्यक्रममा पाँचौं स्थापना दिवसको मुल समितिका संयोजक एवम् नायव कार्यकारी अधिकृत किरण कुँवरले रक्तदाताहरू सवैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले आज असार २६ गतेका दिन बेसीशहर नगरपालिका– ७ मा रहेको मानव सेवा आश्रमलाई चारबोरा चामल, एक कार्टुन तेल, दाल लगायतका खाद्य सामग्री तथा फलफूल वितरण गरेको बताउनु भयो ।
उहाँका अनुसार उक्त संस्थाका हालसम्म ७ प्रदेशहरूका ४२ जिल्लाहरूमा ७७ शाखा कार्यालय, ४ अनुगमन मुकाम, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ८३ वटा कार्यालयहरूको सञ्जालबाट ३०५ जना कर्मचारीहरूले ५३ हजार ७ सय ६९ घरधुरीहरूमा सेवा विस्तार गरेको छ । कुँवरले भन्नुभयो, ‘संस्थाको कर्जा लगानीमा ३ अर्ब ४५ करोड र बचत ९१ करोड १३ लाख रहेको छ ।’दिवसकै उपलक्ष्यमा संस्था स्थापना दिवसको उपलक्ष्यमा संस्थाका विभिन्न शाखाहरूले समेत मानव सेवा आश्रमहरूलाई सहयोग गर्नुका साथै विभिन्न रचनात्मक क्रियाकलापहरू सञ्चालन गरेको कुँवरले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही तनहूँको बन्दिपुर गाउँपालिका– १ स्थित डुम्रे बजारमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लि. २०७४ बैशाख २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो ।


No comments:
Post a Comment