कोरोना संक्रमण आज फेरि दुई अंकमा चढ्यो, आज नगरपालिकाहरूमा मात्र संक्रमित थपिएका छन्, निधन शुन्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, July 12, 2021

कोरोना संक्रमण आज फेरि दुई अंकमा चढ्यो, आज नगरपालिकाहरूमा मात्र संक्रमित थपिएका छन्, निधन शुन्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या आज फेरि दुई अंकमा चढेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार आज असार २८ गते १४ जनामा संक्रमण भएको छ । आज निधन शुन्य रहेको छ भने संक्रमित संख्या नगरपालिकामा मात्र केन्द्रीत रहेको छ । जिल्ला स्थित चार गाउँपालिकामा संक्रमण शुन्य छ ।  

        नयाँ संक्रमित थप भएसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ८२ पुगेको छ । हालसम्म जिल्लामा कोरोना जित्नेको संख्या एक हजार ८६५ रहेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १८३ रहेको र ३४ जनाको दुःखद निधन भएको छ ।

        आजका संक्रमितहरू जिल्लाका चार नगरपालिकाहरूमा मात्र देखिएका छन् । बेसीशहर नगरपालिकामा ८ जना, मध्यनेपाल नगरपालिकामा ३ जना, सुन्दरबजार नगरपालिकामा २ जना र राइनास नगरपालिका– ५ की २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ ।  

        आज संक्रमित हुनेको अधिक उमेरमा ७२ वर्षका पुरुष छन् भने कम उमेरमा ११ वर्षीया बालिका छिन् । उनीहरू क्रमशः सुन्दरबजार नगरपालिका– ५ र बेसीशहर नगरपालिका– ६ का हुन् । 

        आज जिल्लामा रहेका दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् । 

बेसीशहर नगरपालिका– १ को २२ वर्षका पुरुष, वडानं– ३ का ५४ वर्षीया महिला, वडानं– ६ का ११ वर्षीया बालिका र ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । 

        त्यस्तै, मध्यनेपाल नगरपालिका– ४ का ३१ र ४२ वर्षीया महिला, वडानं– ८ का ५५ वर्षीया महिलामा संक्रमण भएको छ भने सुन्दरबजार नगरपालिका– ३ का ५१ वर्षका पुरुष र वडानं– ५ का ७२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार आज कोरोनाका कारण कसैको पनि मृत्यू भएको छैन ।  

        स्मरणीय छ, हिजो र अस्तिका दिन लगातार दुर्ई दिनसम्म कोरोना संक्रमित एक अंकमा झरेका थिए । जो संक्रमित संख्या एकमा झरेको छैठौं र पाँचौं दिन थिए । त्यस्तै, असार २६ गते ७ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि एक अंकमा संक्रमित पुष्टि भएको दिनमा असार १५ गते ९ जना, १४ गतेका दिनमा ६ जना, असार १२ गतेका दिन ३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा मात्र पुष्टि भएको थियो । 

        संक्रमण हिजो र अस्तिका दिन एक अंकमा झरेर जगाएको आशामा आज फेरि केही निराशा थपिएको छ । 

No comments:

Post a Comment