अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या आज एक अंकमा झरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार आज असार २९ गते ७ जनामा संक्रमण पुष्टि भएको छ । आज निधन शुन्य रहेको छ ।
नयाँ संक्रमित थप भएसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ८९ पुगेको छ । हालसम्म जिल्लामा कोरोना जित्नेको संख्या एक हजार ८६५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १९० रहेको छ भने ३४ जनाको दुःखद निधन भएको छ ।
आजका संक्रमितहरू जिल्लाका चार पालिकाहरूका हुन् । मर्स्याङदी गाउँपालिकामा ३ जना, बेसीशहर नगरपालिकामा २ जना, सुन्दरबजार नगरपालिका– ८ का २३ वर्षका युवक तथा राइनास नगरपालिका– ७ का २९ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
आज मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।
आजका संक्रमित मध्ये कम उमेरमा २३ वर्षका युवक तथा अधिक उमेरमा ७२ वर्षीया महिला छन् । उनीहरू क्रमशः सुन्दरबजार नगरपालिका– ८ र मर्स्याङदी गाउँपालिका– ३ का हुन् ।
आज मर्स्याङ्दी गाउँपालिका– ३ का ४८ र ७२ वर्षीया महिला, वडानं– ७ का ५३ वर्षका पुरुष छन् । त्यस्तै, बेसीशहर नगरपालिका– ७ का ४६ वर्षीया महिला र वडानं– ८ का ३५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार आज कोरोनाका कारण कसैको पनि मृत्यू भएको छैन ।
स्मरणीय छ, आज कोरोना संक्रमित एक अंकमा झरेका सातौं दिन हो । यसअघि असार २७ र २६ गते ७ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि एक अंकमा संक्रमित पुष्टि भएको दिनमा असार १५ गते ९ जना, १४ गतेका दिनमा ६ जना, असार १२ गतेका दिन ३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा मात्र पुष्टि भएको थियो ।

No comments:
Post a Comment