अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९)का संक्रमितहरूको कुल संख्या दुई हजारको नजिक पुगेको छ । आज ११ जनामा नयाँ संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले असार २२ गते जनाएको हो । खुशीको खबर के छ भने आज बालबालिकामा संक्रमण पुष्टि भएको छैन ।
आजका सक्रमतिमा बेसीशहर नगरपालिकाका ८ जना र सुन्दरबजार नगरपलिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । आज सबैभन्दा कम उमेरमा ३५ वर्षीया महिला छन् भने अधिक उमेरमा ६३ वर्षका पुरुष छन् । उनीहरू क्रमशः बेसीशहर नगरपालिका– २ र १ नं वडाका हुन् ।
आज राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका दूधपोखरी गाउँपलिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपलिका र क्ब्होलासोथर गाउँपालिकामा पनि संक्रमित फेला परेका छैनन् ।
संक्रमित हुनेमा बेसीशहर नगरपालिका– १ का ५२ वर्षीया महिला र ६३ वर्षका पुरुष छन् । वडानं– २ का ३५ बर्षीया महिला छन् । वडानं– ३ का ३६ र ४६ वर्षीया महिला छन् । त्यस्तै, वडानं– ६ का ५३ वर्षका पुरूष र ५२ वर्षीया महिला पनि संक्रमित देखिएका छन् । यसैगरी, सोही नगरपालिका– ८ का ४८ वर्षीया महिलामा संक्रमण देखिएको छ ।
त्यस्तै, सुन्दरबजार नगरपालिका– ९ का ४७ र ५७ वर्षका पुरुष, ३६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले जारी गर्नु भएको विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार आजका दिनसम्म कोरोनाबाट निधन हुनेको संख्या २९ पुगेको छ । आज थप भएको संख्यासँगै जिल्लामा कुल संक्रमित संख्या एक हजार ९९६ पुगेको छ भने एक हजार ६७२ जनाले कोरोनालाई जिती सकेका छन् । आजका दिनमा जिल्लामा सक्रिय संक्रमितको संख्या २९५ जना रहेको छ ।
स्मरणीय छ, हिजो अस्तिका ३ दिन जिल्लामा विद्युत सेवा अवरुद्ध भई नेट चल्न नसकेका कारणले कोरोनाको अपडेट समाचार सम्प्रेषण गर्न समस्या उत्पन्न भई सम्प्रेषण गर्न नसकिएको जानकारी सहित त्यसबाट पाठक वर्गमा पर्न गएको समस्याप्रति क्षमा प्रार्थी छौं ।

No comments:
Post a Comment