लमजुङमा संक्रमित संख्या दुई हजार नाघ्यो, आज १७ जना नयाँ व्यक्तिमा संक्रमण पुष्टि, थप एकको निधन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, July 7, 2021

लमजुङमा संक्रमित संख्या दुई हजार नाघ्यो, आज १७ जना नयाँ व्यक्तिमा संक्रमण पुष्टि, थप एकको निधन

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९)का संक्रमितहरूको कुल संख्याले दुई हजार नाघेको छ । आज १७ जनामा नयाँ संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले असार २३ गते जनाएको हो । आज थप भएका संक्रमित संख्यासँगै जिल्लामा कुल संक्रमितहरू दुई हजार १३ पुगेको छ । खुशीको खबर के छ भने आज पनि हिजो २२ गते जस्तै बालबालिकाहरूमा संक्रमण पुष्टि भएको छैन । 

        आजका सक्रमतिमा मध्यनेपाल नगरपालिकाका १४ जना, बेसीशहर नगरपालिकाका २ जना र गोरखामा स्थायी बसोबास भई लमजुङ बस्ने २४ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । आज सबैभन्दा कम उमेरमा २४ वर्षीया एक महिला र दुईजना पुरुष छन् । त्यस्तै, अधिक उमेरमा ५८ वर्षका पुरुष छन् । उनीहरू कम उमेरमा बेसीशहर नगरपालिका– ८ पुरुष, गोर्खाका पुरुष र मध्यनेपाल– ४ की महिला हुन् भने अधिक उमेरमा मध्यनेपाल नगरपालिका– ६ का हुन् । 

        आज सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, दूधपोखरी गाउँपलिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपलिका र क्ब्होलासोथर गाउँपालिकामा पनि संक्रमित फेला परेका छैनन् । 

        आज संक्रमित हुनेहरूमा मध्यनेपाल नगरपालिका– ३ का ३९ वर्षका पुरुष र ३५ वर्षीया महिला छन् । वडानं– ४ का ३६ वर्षका पुरुष र सोही वडाका २४, ४३ र ४९ वर्षीया महिला छन् । त्यस्तै, सोही नगरपालिका– ६ का ३७ र ५८ वर्षका पुरुष तथा ३१, ४१ र ४२ वर्षीया महिला छन् । वडानं– ७ का ३३ र ५४ वर्षीया महिला तथा वडानं– ९ का ५४ वर्षीया महिला संक्रमित फेला गरेका छन् । 

        त्यस्तै, बेसीशहर नगरपालिका– ७ का ३२ वर्षका पुरुष र वडानं– ८ का २४ वर्षका पुरूषमा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले जारी गर्नु भएको विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार आजका दिनसम्म कोरोनाबाट निधन हुनेको संख्या ३० पुगेको छ । 

        आज मध्यनेपाल– ८ का ६२ वर्षका पुरुषको मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सो विज्ञप्तिमा उल्लेख छ । आज थप भएका संक्रमित संख्यासँगै जिल्लामा कुल संक्रमितहरू दुई हजार १३ पुगेको छ भने एक हजार ७ सय ३३ जनाले कोरोनालाई जिती सकेका छन् । आजका दिनमा जिल्लामा सक्रिय संक्रमितहरू २५० जना रहेका छन् ।   

        स्मरणीय छ, हिजो असार २२ गतेका दिनमा ११ जनामा संक्रमण पुष्टि भएकोमा आज भने हिजोको तुलनामा थप ६ जना बढेका छन् । 

No comments:

Post a Comment