मर्स्याङ्दी नदीमा आएको बाढीले तार्कुघाटमा रहेको राणाकालीन झोलुंगेपुल संकटमा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, July 6, 2021

मर्स्याङ्दी नदीमा आएको बाढीले तार्कुघाटमा रहेको राणाकालीन झोलुंगेपुल संकटमा

अन्तरङ्ग सम्वाददाता

लमजुङ– विगतका तीन दिनदेखि लगातार परेको पानीबाट उत्पन्न बाढीले  मर्स्याङ्दी नदी बढ्दा त्यसले लमजुङको तार्कुघाटमा रहेको राणाकालीन ऐतिहासिक झोलुंगेपुल संकटमा परेको छ । राइनास नगरपालिका– ८ को तार्कुघाट बजार क्षेत्रमा रहेको ऐतिहासिक झोलुंगेपुल बाढी पहिरोका कारण जोखिममा परेको हो ।

        उक्त पुल राणाकालीन समयमा बनेको आफूले सानोमा आफ्ना बुबा  पूर्णनारायण श्रेष्ठबाट सुनेको तार्कुघाट निवासी नेपाल सरकारबाट सात वर्ष अघि निवृत्त हुनुभएका इन्जिनियर राजेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पृथ्वी राजमार्ग बन्नु अघि काठमाडौं जानका लागि पाल्पा, स्याङ्जा, कास्कीका मानिसहरू त्यही पुल भएर ओहोर दोहोर गर्ने गरेको बुढापाकाले बताउने गर्दथे । उहाँले भन्नुभयो, ‘पृथ्वी राजमार्ग बनेपछि केही ओझेलमा परेको यो पुल डुम्रे– बेसीशहर सडक बनेपछि पुरै ओझेलमा पर्यो ।’ करिब एक सय २० वर्ष अघि अर्थात विसं १९५८ मा बनेको उक्त पुलमा रहेको शिलालेख JOHNM HENDERSON & Co.Ltd. Engineers REF H 3745 ABIRDEEN SCOTLAND बाट बनेको भेटिएको र त्यस पुलको निर्माणका लागि प्रयोगमा ल्याएका भएको निर्माण सामग्रीहरू लठ्ठा आदि स्कटल्याण्डबाट ल्याइएको समेत उहाँले जानकारी दिनु भयो । 

        उक्त पुलले लमजुङ र तनहूँ जिल्लालाई समेत जोड्ने काम गरेको छ । ऐले यस वरपरका बासिन्दाले बराबर प्रयोग गर्दे आएका यो पुल ऐले मार्स्याङदी नदीले यस पुलको लमजुङ खण्डको टावरलाई जोखिम युक्त बनाएको छ, त्यो टावर जुनकुनै पनि बेलामा यो ढल्न सक्छ श्रेष्ठले उल्लेख गर्नु भयो । 

        उहाँका अनुसार तार्कुघाट संरक्षण योजनामार्फत त्यसको संरक्षणको कार्य हुँदै आएको थियो । यसअघि मर्स्याङ्दी नदीको कटानबाट पुलको दाँया टावर खतरामा परेपछि विसं २०३२ सालमा टावर सारिएको थियो । सोही टावर असार १ गते र त्यस यता आएको वर्षाको कारण उत्पन्न बाढीबाट थप जोखिममा परेको छ । सो पुलसँगै दिनेश श्रेष्ठको गोठ, गणेश श्रेष्ठ र हरिकुमार श्रेष्ठको घरका साथै सिंगै तार्कुघाट बजार जोखिममा परेको इन्जिनियर श्रेष्ठले जानकारी दिनु भएको छ । 

       बाजेको पालादेखि बस्दै आएको घर ऐले छाड्नु पर्ने स्थिति उत्पन्न भएको हरिकुमार श्रेष्ठले बताए । 

         यसपटकको बाढी पहिरोले यो पुलमात्र हैन यस  क्षेत्रमा भर्खरै निर्माण संम्पन्न लुकुवा फाँट लिफ सिंचाई योजना समेत बाढी पहिरोको जोखिममा परेको छ । १० हेक्टरमा सिंचाई गर्ने गरी निर्माण गरिएको सो आयोजना समेत जोखिममा परेको इन्जिनियर श्रेष्ठले बताउनु भयो ।  उहाँका अनुसार  करिव ५० लाख रुपैयाँको लागतमा निर्मित लुकुवाफॉट लिफ़्ट सिंचाई योजना लमजु जिल्ला कै नमुना मानिएको थियो ।


        उहाँले भन्नुभयो, यस योजनामा सोलार इनर्जीबाट करिव ५० डिप बोरिंग गरि १ लाख ३५ हजार लिटर भण्डारण क्षमताको रिज़र्ववायरमा पानी जम्मा गरी करिव १० हेक्टर जमिनमा आधुनिक कृषिका लागि सिंचाइ सुविधा पर्याउने कार्यक्रम छ। हाल लुकुवा फॉटमा १० रोपनी जमीनमा सुन कागती समेत लगाईएको छ।

उक्त योजनाको सोलार प्यानल र डिप बोरिंग स्थलमा असार १ गतेको बाढ़ी र त्यसपछिको पहिरोले क्षती पुर्याएको थियो ।

        त्यस्तै, सोही टोलमा विस्तार गरिएको ४५ मिटरको सोलार प्यानलसमेत जोखिमा परेको छ ।

फोटा : इन्जिनियर राजेन्द्र श्रेष्ठ । 

No comments:

Post a Comment