विष्णुकुमार श्रेष्ठ/अन्तरङ्ग
सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिका– ७ को वडा कार्यलय भवन निर्माण हुने भएको छ । सुन्दरबजार नगरपालिका मेयर जनकराज मिश्रले शिलान्यास गरेसँगै वडा कार्यलय भवन निर्माण शुरु हुने भएको हो ।
बयासी लाख छ हजार तीन सय अठार रुपैयामा आगामी २०७९ असार १० गते भित्र भवन सम्पन्न हुने सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले बताउनु भयो । उहाँका अनुसार १२ कोठे दुई तले निर्माण हुने भवन हाल भिमसेन चोक स्थित कृषि विकास कार्यलयको जग्गामा निर्माण हुने भएको हो ।
भवन निर्माणको ठेक्का ककनी कन्स्ट्रक्सनले प्राप्त गरेको छ । भवन निर्माण पश्चात् आफ्नै भवनमा कार्यालय राखेर सेवा कार्य छिटो छरितो दिन सकिने वडा अध्यक्ष रेग्मीले बताउनु भयो । भवन शिलान्यास कार्यक्रममा उपमेयर ज्ञानु शाह, प्रमुख प्रशासकीय अधिकृत दीवाकर पौडेल , सोही वडाका अध्यक्ष जयराम रेग्मी लगायत विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, उधोगी व्यवसायीहरू, समाजसेवी, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता थियोे ।
No comments:
Post a Comment