लमजुङमा कारोना संक्रमित संख्या स्थिर, आज संक्रमित एक पालिकामा सीमित, १७ जनामा संक्रमण पुष्टि, मृत्यु शुन्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, July 8, 2021

लमजुङमा कारोना संक्रमित संख्या स्थिर, आज संक्रमित एक पालिकामा सीमित, १७ जनामा संक्रमण पुष्टि, मृत्यु शुन्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९)का संक्रमितहरूको संख्या स्थिर देखिएको छ । आज राइनास नगरपालिकामा मात्र संक्रमण पुष्टि भएको छ । जिल्लागत रुपमा आजका दिनमा पनि हिजोकै संख्या १७ जनामा नयाँ संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले असार २४ गते जारी विज्ञप्तिमा उल्लेख गरिएको हो । आज कोरोनाका कारण हुने गरेको मृत्यु शुन्य रहेको छ । 

        आजका सक्रमतिमा राइनास नगरपालिकाका १४ जना र भानु नगरपालिका तनहूँमा स्थायी बसोबास भई लमजुङमा बस्ने ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू क्रमशः ४ वर्षीया बालिका, ४० वर्षीया महिला र ४३ वर्षका पुरुष रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज सबैभन्दा कम उमेरमा ४ वर्षीया बालिका छन् । त्यस्तै, अधिक उमेरमा ७४ वर्षका पुरुष छन् । उनीहरू क्रमशः भानु नगरपालिका र राइनास नगरपालिका– ८ का हुन् । 

        आज जिल्लाका सात पालिकाहरू बेसीशहर, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपलिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपलिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् । 

        आज संक्रमित हुनेहरूमा राइनास नगरपालिका– ५ का ३८ वर्षका पुरुष र ३५ वर्षीया महिला छन् । वडानं– ८ का १९, २०, २१, २९ र ७४ वर्षका पुरुष र सोही वडाका ३० वर्षका दुई जना, ४४, ५०, ५५ वर्षका दुई जना र ६४ वर्षीया महिलामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले जारी गर्नु भएको विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार आजका दिनसम्म कोरोनाबाट निधन हुनेको संख्या छैन । 

        आजका दिनसम्म जिल्लामा कुल संक्रमितहरू दुई हजार ३० पुगेको छ । आज कोरोना जित्नेको संख्या थप भएको छैन । आजका दिनमा जिल्लामा सक्रिय संक्रमितहरू २६७ जना पुगेका छन् ।   

        स्मरणीय छ, हिजो असार २३ गतेका दिनमा पनि १७ जनामा नै संक्रमण पुष्टि भएको थियोे भने अस्ति २२ गतेका दिनमा ११ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको थियो ।

No comments:

Post a Comment