एजेन्सी
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्री परिषद विस्तार र हेरफेर गरिएको छ । पुनर्गठित मन्त्री परिषदमा ४३ जना थप भएका छन् । तीमध्ये १५ मन्त्री र २८ जना राज्यमन्त्री छन् । उनीले असार २३ गते साँझ ६ बजे पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । योसँगै मोदी नेतृत्वको मन्त्री परिषद ७७ सदस्यीय बन्न पुगेको छ ।
मन्त्री परिषदमा ५० वर्ष भन्दा कम उमेरका ११ जना छन् । प्रधानमन्त्री मोदीले विज्ञान तथा प्रविधि मन्त्रालय आफैंसँग छ । मोदीको नवगठित मन्त्री परिषदमा ३६ जना नयाँ अनुहार छन् । सात जना पुरानै मन्त्रीहरूको थप भूमिका थप पाएका छन् । पहिलो पटक अस्तित्वमा आएको सहकारिता मन्त्रालय गृहमन्त्री अमित शाहलाई थपिएको छ ।
मन्त्री परिषदमा सबैभन्दा कम उमेरका निशिथ प्रामाणिक ३५ वर्षका छन् । पश्चिम बंगालबाट संसदमा प्रतिनिधित्व गर्ने उनले खेल तथा युवा राज्यमन्त्रीको जिम्मा पाएका छन् । यसैगरी सबैभन्दा ज्येष्ठ मन्त्रीको रुपमा ७२ वर्षीय सोम प्रकाशलाई वाणिज्य तथा उद्योग राज्यमन्त्रीको रुपमा छन् ।
कांग्रेस छाडेर भाजपामा प्रवेश गरेका ज्योतिरादित्य सिन्धियाले आकर्षक मानिने नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मोदीको नयाँ टिमसँगै दलितको संख्या १२ पुगेको छ जो अलग–अलग आठ–आठ राज्यबाट प्रतिनिधित्व गर्दछन् । यसैगरी महिलाहरुको संख्या ११ छन् र जनजातीको संख्या ८ रहेको छ ।
नयाँ मन्त्रीको शपथ ग्रहणभन्दा केही घण्टा अगाडि मात्रै स्वास्थ्य, शिक्षा, पर्यावरण, सूचना लगायतका १२ जना मन्त्रीहरूलाई पदबाट हटाउने काम गरिएको थियो ।
मोदीको मन्त्री परिषदमा थप भएकाहरू
राजनाथ सिंह– रक्षा अमित शाह– गृह तथा सहकारिता
नितिन गडकरी– परिवहन तथा राजमार्ग निर्मला सीतारमण– वित्त तथा कार्पोरेट
नरेंद्र सिंह तोमर– कृषि एस जयशंकर– विदेश मन्त्री
अर्जुन मुण्डा– आदिवासी स्मृति ईरानी– महिला एवं बाल कल्याण
पीयूष गोयल– वाणिज्य, उद्योग, उपभोक्ता तथा कपड़ा
धर्मेन्द्र प्रधान– शिक्षा, उद्यम तथा कौशल विकास
प्रह्लाद जोशी– संसदीय मामिला नारायण राणे– लघु, मध्यम तथा सूक्ष्म उद्योग
सर्बानंद सोनोवाल– पोर्ट, शिपिंग, जलमार्ग मुख्तार अब्बास नकÞवी– अल्पसंख्यक
वीरेन्द्र कुमार– सामाजिक न्याय गिरिराज सिंह– ग्रामीण विकास तथा पञ्चायती
ज्योतिरादित्य सिंधिया– नागरिक उड्डयन आरसीपी सिंह– इस्पात
अश्विनी वैष्णव– रेलवे, सञ्चार तथा सूचना पशुपति कुमार पारस– खाद्य
गजेन्द्र सिंह शेखावत– जलशक्ति किरेन रिजिजू– न्याय तथा कानून
आरके सिंह– ऊर्जा हरदीप सिंह पुरी– पेट्रोलियम, ग्यास, आवास एवं शहरी विकास
मनसुख माण्डविया– स्वास्थ्य तथा परिवार कल्याण
भूपेन्द्र यादव– पर्यावरण एवं वन, जलवायु परिवर्तन, श्रम एवं रोजÞगार
महेन्द्र नाथ पाण्डे– भारी उद्योग पुरुषोत्तम रुपाला– पशुपालन, मत्स्य पालन तथा दुग्ध उत्पादन
जी. किशन रेड्डी– पर्यटन एवं संस्कृति र अनुराग ठाकुर– खेल तथा युवा ।

No comments:
Post a Comment