वर्षातबाट सिर्जित बाढीले वितण्ड मञ्चाउन थाल्यो, बेसीशहर– डुम्रे सडक अवरुद्ध एक जिप बगायो, मध्यनेपालमा ५ घर विस्थापित - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, July 1, 2021

वर्षातबाट सिर्जित बाढीले वितण्ड मञ्चाउन थाल्यो, बेसीशहर– डुम्रे सडक अवरुद्ध एक जिप बगायो, मध्यनेपालमा ५ घर विस्थापित

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– आज बिहानदेखि लगातार परेको बर्षाको कारण आएको बाढीले विभिन्न क्षेत्रमा वितण्डा मच्चाउन शुरु गरेको छ । दिउँसोको समय भएको हुँदा अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । तर बाढी पहिरोका कारण बेसीशहर– डुम्रे सडक अवरुद्ध एक कार बगाएको छ भने मध्यनेपालमा असार १७ गते ५ घर विस्थापित भएका छन् ।

        अविरल बर्षाका कारणले आएको बाढी पहिरोले डुम्रे– बेसीशहर सडक अवरुद्ध भएको छ । 

        उक्त सडकको चापवास क्षेत्र भानु नगरपालिका– ३ तनहूँमा बहने वगुवा खोलामा आएको बाडीले एक जिप बगाएको बाइसजघार स्थित प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार उक्त सडक खण्डको ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ । जम्मा ४२ किलोमिटर दुरीमा रहेको डुम्रे– बेसीशहर सडकको लमजुमा १८ किमिमात्र पर्दछ भने तनहूँ जिल्लामा २४ किमि पर्दछ । बाढी पहिरोले तनहूँ खण्डमा बढी क्षति पु¥याएको प्रहरीले जनाएको छ । 

        यसैगरी, भोर्लेटारबाट सुरज गुरुङ लेख्नु हुन्छ, लमजुङको मध्यनेपाल नगरपालिका– ३÷४ वरपर पर्ने चर्दी खोला बढेर चर्दी बजार निकै नै जोखिममा पारेको छ । बाढीले चौतारीसमेत ढलेको छ । निरन्तर वर्षा भएमा केही घर तथा कृषि फर्ममा समेत क्षति हुनसक्ने सम्भावना छ । सो स्थानमा रामकृष्ण श्रेष्ठको घर र उनले सञ्चालन गरिआएको कृषिफर्म खोलाको दोहोरी कटानको चापमा परेको हुँदा कुनै पनि क्षण वग्न सक्ने अवस्थामा रहेको स्थानीय अर्जुनकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार हालसम्म रम्घा– समिभञ्ज्याङ खानेपानी आयोजनाको पाइप करिब १०० मिटर बगाएर बगरसम्म पुर्याएको हुँदा अब स्थानीयवासीलाई खानेपानीको समस्या हुने स्थिति   छ । उहाँले भन्नुभयो, ‘रामकृष्ण श्रेष्ठको परिवार छिमेकीकोमा बसेका छन् ।’


         त्यस्तै मध्यनेपाल नगरपालिका– ७ रामबजार करापुटारमा चलेको पहिरोले गजबहादुर बि.क.को भान्सा र शौचालय बगाएको छ । पहिरोका कारण अन्य ३ घर परिवार पनि निकै नै जोखिममा रहेको स्थानीयले बताएका  छन् । यसैगरी, मध्यनेपाल नगरपालिका– ३ मा पर्ने गोलाङदी खोला बढेर सोतीपसल बजार निकै नै जोखिममा रहेको जानाकारी प्राप्त भएको छ । निरन्तर वर्षा भएमा केही घर तथा व्यवसायिक फर्ममा समेत क्षति हुनसक्ने सम्भावना बढेको छ । हालसम्म सो क्षेत्रमा कुनै मानवीय क्षति भएको छैन । सोही वडाकै जामुनेमा ११ः१० बजे पहिरो गएको छ । पहिरोका कारण ५ घर परिवार उच्च जोखिममा रहेको जानकारी प्राप्त भएको छ । 

        सो स्थानका छबिलाल शाही, राजकुमार नेपाली, लक्ष्मी नेपाली, नवराज नेपाली र जगतबहादुर नेपालीको घर पहिरोको उच्च जोखिममा रहेकोले उनीहरू सिन छिमेकीहरुको सरणमा बास बस्न गएको स्थानीयले बताएका   छन् । 

फोटो : रामकृष्ण श्रेष्ठको फेसबुकवालबाट । 

No comments:

Post a Comment