अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा आज कोरोनाकाा संक्रमितहरू एक अंकमा झरेका छन् । ती संक्रमितको संख्या आज असार १७ गते सात जनामा सीमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आजका सक्रमतिमा मध्यनेपाल नगरपालिका ५ जना र दुधपोखरी गाँउपालिकाका २ जना मात्र छन् । मध्यनेपाल नगरपालिका–७ की २५ बर्षीया महिला छन् । उक्त वडाका ४४ र ४५ बर्षका पुरूष पनि छन् । सोहि नगरपालिका– ५ की ५३ बर्षीया महिला छन् भने सोहि वडाका ५८ बर्षका पुरूष छन् । दुधपोखरी गाँउपालिका– ४ की ३६ बर्षीया महिला छन् भने सोहि वडाका ६६ बर्षका पुरूष छन् । आज जिल्ला प्रशासन कार्यलयद्वारा आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । सो विवरण अनुसार संक्रमित हुनेमा कम उमेरमा २५ बर्षकी महिला छन् र सर्वाअधिक उमेरमा ६६ बर्षका पुरूष छन । उनीहरू क्रमशः मध्यनेपाल नगरपालिका– ७ र दुधपोखरी गाँउपालिका– ४ का हुन् ।
आजका दिन कोरोनाबाट कसैको पनि निधन नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्मरणीय छ, आज कोरोना संक्रमित एक अंकमा झरेको .पाँचौ दिन हो । १५ गते कोरोना संक्रमित एक अंकमा झरेको यो चौथो दिन हो । तर एकअंकको सबैभन्दा उचाईमा भने आजकै दिन ९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि असार १२ गतेका दिन ३ जनामा तथा १४ गतेका दिनमा ६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा मात्र पुष्टि भएको थियो । हिजो असार १६ गते २७ जनामा संक्रमण पुष्टि भएको थियो ।

No comments:
Post a Comment