कोभिड खोपलाई उच्च प्राथमिकता दिदै चेम्बरको प्रदेश अधिवेशन सम्पन्न : २३ बुँदे भावी कार्यक्रम प्रस्तुत - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, July 10, 2021

कोभिड खोपलाई उच्च प्राथमिकता दिदै चेम्बरको प्रदेश अधिवेशन सम्पन्न : २३ बुँदे भावी कार्यक्रम प्रस्तुत

अन्तरङ्ग सम्वाददाता

पोखरा– गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पहिलो अधिवेशन जुम प्रविधिको उपयोग गर्दै आज सम्पन्न भयो । नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रदेश अधिवेशन गण्डकी प्रदेश चेम्बरका अध्यक्ष किसान सुनारको अध्यक्षता असार २६ गते सम्पन्न भएको हो । 

        प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अधिवेशनलाई सम्बोधन गर्दै खोप बिना आर्थिक गतिविधि सम्भावना नभएकोले सरकारलाई भेटेर खोपको प्रबन्धको लागि अनुरोध गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । त्यसैगरी उत्पादनमुखी कार्यक्रम संचालन गर्न कार्य योजना बनाउन, कृषि, एम्बुलेन्स सेवाको पहल गर्न, सामुहिक व्यवसाय अघि बढाउन मल्लले अनुरोध गर्नु भयो । उहाँले कृषि जडिबुटी र सुचना प्रविधिका क्षेत्रमा केन्द्रले विशेष सहयोग गर्ने उल्लेख गर्नु भयो । 

        सो अवसरमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले स्वागत मन्तव्य राख्दै प्रदेशको प्रगती प्रतिवेदन, जर्तमान बस्तुस्थिति, आर्थिक अवस्था, प्रदेशले निर्वाह गरेको सामाजिक उत्तरदायित्व  बिषयमा प्रकाश पार्नु भएको थियो । उहाँले नेपाल चेम्बरसँग सहकार्य गरी व्यावसायीलाई अबिलम्ब खोपको प्रबन्ध गर्न सरकारलाई दबाब दिने लगायतका २३ बुँदे भावी कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे । ती कार्यक्रममा प्रदेशले कोभिडद्वारा प्रभावित व्यावसाय पुनःस्थापनाका लागि सरोकारवाला निकायसँथ समन्वय गर्ने, कोरोना विरुद्ध खोपको लागि बताउनु भयो । त्यस्तै, गण्डकी प्रदेश सरकार, स्थानीय तहहरूमा चेम्बरको प्रतिनिधित्वको लागि पहल गर्ने, तीनै तहका सरकारसँग समन्वय गरी व्यावसायिक प्रबद्र्धन, सीपमुलक तालिम संचालन गर्ने, प्रदेश हेल्प डेस्कको स्थापना गर्ने, व्यावसायीहरूको क्षमता विकासको लागि केन्द्रसँग समन्वय गरि अन्तर्राष्ट्रिय भ्रमणमा सहभागी गराउने, भिजन गण्डकी परियोजना सन्चालन गर्ने, नव प्रबद्र्धन केन्द्रको स्थापना गर्ने, प्रदेश लगानी सम्मेलन आयोजना गर्ने, एम्बुलेन्स सेवा विभिन्न जिल्लामा संचालन गर्ने, प्रादेशिक एक्स्पो संचालन गर्ने, प्रविधि मैत्री सचिवालय बनाउने, जिल्ला नगर गाउँ वडा चेम्बरका व्यावसायीहरूको क्षमता विकास कार्यक्रम संचालन गर्ने लगायत छन् ।  

        सो अधिवेशनबाट निर्वाचित सदस्यहरूको प्रथम बैठक अध्यक्ष किसान सुनारको अध्यक्षतामा बसी सर्वसम्मत  रुपमा पदाधिकारीको चयन गरेको छ । 

        जस अनुसार उपाध्यक्ष श्रीबहादुर गुरुङ, महासचिव देवराज शर्मा, सचिव– विष्णुकुमार श्रेष्ठ, कोषाध्यक्ष तेजेन्द्र पौडेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा विजय हिराचन, भरतबहादुर रकाल, महेन्द्रमोहन भट्टराई, ज्ञानु अधिकारी, टीका गुरुङ, प्रकाश न्यौपाने, गंगा श्रेष्ठ, तारानाथ ढुङ्गाना, विष्णुकुमारी गुरुङ, युवराज खतिवडा र अरुण गिरी हुनुहुन्छ । 

        पर्वत चेम्बरका अध्यक्ष देवराज शर्माले गर्नु भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स जिल्ला नगर उपाध्यक्ष दिपक श्रेष्ठ, बागमती प्रदेश चेम्बरका अध्यक्ष सिद्दीलाल श्रेष्ठ, केन्द्रीय सदस्य भाइचन्द्र श्रेष्ठ, नन्दकुमारी लम्साल, लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोख्रेल, गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला, महानगर, नगरपालिका, गाउँपालिका तथा वडा चेम्बरका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति थियोे । 

No comments:

Post a Comment