अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमणको जोखिम कायमै रहेको छ । आज साउन १४ गतेका दिन संक्रमित संख्या धेरै दिन पछि एक अंकमा झरेको छ । आज ९ जना नयाँ संक्रमित फेला परेका छन् भने कोरोनाको कारण आज कसैको निधन भएको छैन भने कोरोना जित्ने संख्या पनि थपिएको छैन ।
आज जम्मा दुई पालिका राइनास नगरपालिकामा ७ जना र बेसीशहर नगरपालिकामा २ जना गरी ९ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।
राइनास नगरपालिका– २ का ३६ र ६८ वर्षका पुरुष तथा सोही नगरपालिका– ५ को २३, ३३, ४०, ४५ र ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । यसैगरी, बेसीशहर नगरपालिका– ७ का २१ वर्षका युवक तथा वडानं– ११ का ४९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँका अनुसार आज जिल्लामा कुल संक्रमित संख्या दुई हजार २८६ पुगेको छ । सो विज्ञप्ति अनुसार आजका दिनमा कोरोना जित्ने वा कोरोनाका कारण मृत्यु हुने संख्यामा थप भएको छैन ।
यसैबीच, हिजो १३ गतेका दिन १७ जना नयाँ संक्रमित फेला परेका थिए । हिजो थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू कुल दुई हजार २७७ जना पुगेका छन् । हालसम्म कोरोना जित्नेको संख्या दुई हजार ९२ छ । सक्रिय संक्रमितको संख्या १५० रहेको छ भने कोरोनाका कारण निधन हुने संख्या ३५ मा केही दिनदेखि स्थिर छ ।
१३ गते जिल्लाको बेसीशहर नगरपालिकासहितका पाँच पालिका र गोर्खाका लमजुङ बस्ने एकजना संक्रमित फेला परेका हुन् । आज पाँच पालिका र गोर्खाका लमजुङ बस्ने एकजना संक्रमित फेला परेका हुन् । आज बेसीशहर नगरपालिकामा सबैभन्दा धेरै ९ जना, मध्यनेपाल नगरपालिकामा ४ जना तथा राइनास नगरपालिका, दोर्दी र मर्स्याङदी गाउँपालिकामा १/१ जना संक्रमित फेला परेका छन् । त्यस्तै गोर्खा घर भएकी ६३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्मरणीय छ, साउन ७ गतेका दिनमा संक्रमण शून्य अंकमा झरेर खुसीको सञ्चार गराएकोमा ९ गतेका दिनमा ११ जनामा संक्रमण पुष्टि भएकोमा १० गतेका दिनमा त्यो बढेर २३ जनामा पुष्टि हुन पुगेको थियो भने ११ गते त्यो संख्या १० जनामा झरेको थियो तर १२ गते ३३ जनामा उचालिएको थियो । साउन १३ गतेका दिन १७ जनामा संक्रमण पुष्टि भएकोमा आज भने एक अंक अर्थात ९ जनामा झरेको छ ।
कोरोनाको नियन्त्रणका लागि सर्वसाधारणहरू सन्तुष्ट हुने गरी परीक्षणको दायरा बढाउन जरुरी देखिन्छ । आजसम्मको संख्या पनि सीमित मात्रामा गरिएको परीक्षणका कारणबाट पत्ता लागेको हो । परीक्षणलाई व्यापक बनाउदा के कस्तो परिणाम आउने हो त्यो हेर्न बाँकी छ ।
No comments:
Post a Comment