ऐतिहासिक थलो दुराडाँडाकी चेली सपना एनआरएन एसीसीको सदस्य पदकी दावेदार - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, July 29, 2021

ऐतिहासिक थलो दुराडाँडाकी चेली सपना एनआरएन एसीसीको सदस्य पदकी दावेदार

 वासुदेव सेढाई/अन्तरङ्ग 

युके– गैर आवासीय नेपाली संघ NCC नयाँ नेतृत्वको लागि कार्यसमितिको सदस्य पदमा लमजुङ, दुराडाँडाकी चेली एवम् युवा स्वास्थ्यकर्मी सपना खनिया (ईन्दिरा)ले उम्मेदवारी दिनुभएको छ । NCC नयाँ नेतृत्वको लागि जुलाई ३१ अर्थात साउन १६ गतेका दिन निर्वाचन हुँदैछ ।

        सामाजिक सेवाको भावना र मानवीय सेवाको भावना हुनुभएकी अत्यन्तै उर्जाशील व्यक्तित्वको उम्मेदवारीले सदस्य पदमा उहाँको जीत लगभग निश्चित भएको छ । कोभिड महामारीको समयमा भुतपुर्व गोर्खा बुबा– आमाको घर घरमा पुगेर स्वास्थ सेवा उपलब्ध गराई सामाजिक र मानवीय दायित्व सम्झेर सहयोग गर्नुभएकी सपना सबैका माझ चिरपरिचित र लोकप्रिय हुनुहुन्छ । 

        सपनाले NCC मा युवाहरूको आकर्षण र सहभागितामा वृद्धि गर्ने, आफ्नो ज्ञान सीप  मार्फत बेलायतबासी नेपालीहरूमा विस्तार गर्ने, स–साना बाबु–नानीहरूलाई नेपाली भाषा सिक्ने वातावरण NCC मार्फत मिलाउन पहल गर्ने प्रतिवद्धता उहाँले गर्नु भएको छ । साथै, विदेशमा रहेका नेपालीहरूलाई नेपालमा मताधिकारको प्रयोग गर्न पाउने अधिकारका लागि संघर्ष गर्ने जस्ता महत्त्वपूर्ण एजेन्डा लिएर आफ्नो उमेदवारी दिनुभएको उहाँले बताउनु भएको छ । गैरआवासीय नेपाली संघप्रति आकर्षण वृद्धि गर्दै आम प्रवासी नेपालीहरू संघको सदस्यता लिन लालायित हुने अवस्थाको सिर्जना गर्ने उहाँको मुख्य एजेन्डाहरू छन् ।

        सपना बर्न्टओक नेपाली समाजकी सक्रिय सदस्यको रुपमा आफ्नो परिचय बनाउन सफल हुनुहुन्छ । उहाँले स्वास्थ्य क्षेत्रमा रहेर काम गर्दा आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई एनआरएनए मार्फत बेलायतवासी नेपाली समुदायमा विस्तार गर्ने थप प्रतिबद्धता चुनावी अभियानमा व्यक्त गर्नु भएको छ । आफुले एनआरएनए मार्फत समाजसेवाको दायरालाई अझै फराकिलो बनाउँदै अघि बढ्ने थप प्रतिवद्धताका साथ यस अभियानमा साथ दिनका लागि का सम्पूर्ण मतदातालाई आग्रह गर्नु भएको छ ।

        यही जुलाई ३१ गते अर्थात साउन १६ गतेका दिन हुने एनआरएनए यूकेको नयाँ नेतृत्वको लागि हुने चुनाव अनलाइनमार्फत हुने कार्यक्रम रहेको निर्वाचन मण्डलले गरेको छ । चुनावको मिति निकट भएसँगै एनआरएन  नेताहरूले आफ्नो सक्रियतालाई मतदाताका बीचमा तिब्र बनाएका छन् । 

        लमजुङको ऐतिहासिक थलो दुराडाँडाकी चेली सपनाले आफू सदस्य पदमा निर्वाचित हुन सके बेलायतमा रहेका सम्पूर्ण नेपालीहरूको हकहित, सेवा र सहयोगको लागि अझै जिम्मेवार भएर लाग्ने प्रतिबद्धता सहित आफूलाई मतदान गर्न अनुरोध गर्नुभएको छ ।   

No comments:

Post a Comment