कोरोना अपडेट : आज फेरि दुई अंकमा चढ्यो संक्रमित संख्या, मृत्यु शुन्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, July 2, 2021

कोरोना अपडेट : आज फेरि दुई अंकमा चढ्यो संक्रमित संख्या, मृत्यु शुन्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा आज कोरोनाका संक्रमितहरू फेरि दुई अंकमा चढेको छ । ती संक्रमितको संख्या आज १४ जना भएको जिल्ला प्रशासन कार्यालयले असार १८ गते जनाएको हो । 

        आजका सक्रमतिमा मध्यनेपाल नगरपालिकाका ५ जना र राइनास नगरपलिकाका ४ जना, क्ब्होलासोथर गाँउपालिकाका ३ जना र भानु नगरपालिका तनहूँ घर भई लमजुङ बस्ने २ जनामा संक्रमण पुष्टि भएको हो । 

        आज सबैभन्दा कम उमेरमा १२ वर्षकी बालिका छन् भने अधिक उमेरमा ७० वर्षीया महिला छन् । उनीहरू क्रमशः क्ब्होलासोथर गाउँपालिका– ९ र राइनास नगरपालिका– ६ का हुन् । आज बेसीशहर नगरपालिकामा संक्रमित थपिएका छैनन् । त्यसैगरी, सुन्दरबजार नगरपालिका, दूधपोखरी गाउँपलिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपलिकामा पनि संक्रमित फेला परेका छैनन् । 

        संक्रमित हुनेमा मध्यनेपाल नगरपालिका– ६ का २३, २७, २९ र ४७ बर्षीया महिला छन् । वडानं– ७ का ५३ बर्षका पुरूष पनि संक्रमित देखिएका छन् । यसैगरी, राइनास नगरपालिका– ६ का ७० वर्षीया महिला, वडानं– ७ का ३३ वर्षीया महिला, वडानं– ८ का ३५ र ५९ वर्षका पुरुषमा संक्रमण देखिएको छ । 

        क्ब्होलासोथर गाँउपालिका– ९ का संक्रमित हुनेमा १२ वर्षीया बालिका, ६१ र ६५ वर्षीया महिला छन् । त्यस्तै, भानु नगरपालिका तनहूँका २३ र ५५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले जारी गर्नु भएको विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्ति अनुसार आजका दिन कोरोनाबाट कसैको पनि निधन भएको छैन । आज थप भएको संख्यासँगै जिल्लामा कुल संक्रमित संख्या एक हजार ९५६ पुगेको छ भने एक हजार ६५० जनाले कोरोनालाई जिति सकेका छन् । आजका दिनमा जिल्लामा सक्रिय संक्रमितको संख्या २७९ जना रहेको छ ।   

        स्मरणीय छ, हिजो असार १७ गतेका दिन ७ जनामा संक्रमण पुष्टि भएको थियो । १६ गतेका दिन भने १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

No comments:

Post a Comment