अन्तरङ्ग सम्वाददाता
पाउँदी(लमजुङ)– मस्र्याङ्दी नदी र पाउँदी नदीको संगम स्थलमा रहेको धर्मनाथ धामको परिसरमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय लमजुङद्वारा चौतारा निर्माण गरिने भएको छ । उक्त चौताराको एक कार्यक्रमका बीचमा प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले साउन २ गते शिलान्यास गर्नु भएको हो । सो अवसरमा उहाँहरुको टिमले आश्रमलाई खाद्यन्न पनि सहयोग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल र प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले त्यस चौतारीमा हुर्काइने बर, पिपल र समीका विरुवा संयुक्त रुपमा रोपण गर्नु भई चौतारा निर्माण कार्यको शुभारम्भ गर्नु भएको हो । प्रनाउ कार्कीले आफ्नो टिमले हरेक शनिवारका दिनमा यहाँ आएर श्रम सेवा गरी यो चौतारो निर्माण गरिने बताउनु भएको छ ।
सो अवसरमा जिल्ला प्रमुख जिल्ला अधिकारी लुइँटेल र प्रहरी नायव उपरीक्षक कार्कीसहितको एक टोलीले आजै धर्मनाथ धाममा निर्माणाधीन गतिविधि निरीक्षण गर्नुका साथै गत असार १ गतेको बाढीले पुर्याएको क्षतिको अवलोकन गर्नु भएको थियो । जिल्ला विपद व्यवस्थापन समिति संयोजक प्रजिअ तथा सोही समितिका सदस्य प्रनाउ दुई प्रशासन प्रमुखले तत्कालीन सुरक्षा र दिर्घकालीन सुरक्षाका लागि आवश्यक पहल गर्न सुझाव दिनुका साथै आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिद्धता व्यक्त गर्नु भएको छ ।
शनिवार बिदाको दिन कार्यालयमा दैनिक प्रशासनिक सेवा नहुदा मोफसलमा रहेका मानवीय सेवा केन्द्रको अनुगमनका साथै सो कार्यमा सहयोग समेत गर्नु भएको सर्बोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार प्रजिअको टोलीले व्यक्तिगत रुपमा चामल ५ बोरा, दाल, चिनी, चियापत्ति, नुन, मसला, तेल, आलु लगायत खाद्यान्न र ब्लांकेट, म्याट, सेनिटाइजर, मास्क, फंगिर प्लस, अक्सिमिटर र किटबक्स (साबुन, ब्रस, मन्जन, डाइपर, साबुन बट्टा, नेलकटर, काँगियो आदि) सेट आश्रममा रहनु भएका बाबा आमाहरूका लागि प्रदान गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘प्रजिअ र प्रनाउ आफै यस स्थलमा आएर पवित्र पुण्य कार्य गरी हामीलाई यस मानवीय सेवा कार्यमा खाद्यन्न सहयोग गर्नु भएर हौसला बढ़ाई दिनु भएकोमा हार्दिक आभारी छौं ।’ प्रसाशनिक कार्य मात्र नभई मानवीय सेवा कार्यमा समेत पूर्ण मानवीय भावका साथ संलग्न भएर कार्य गर्ने प्रशासन प्रमुखहरू लमजुङले पाएकोमा गौरवान्वित भएको ओलियाले बताउनु भयो ।
यसैबीच, सर्बोदय सेवाश्रमका जेष्ठ नागरिकहरूको भरण पोषणका लागि दिगो स्थायी स्रोत व्यवस्था गर्न स्थापना गरिएको दैनिक रु १।– अक्षयकोष अभियानमा प्रजिअ लुइँटेलले चार हजार रुपैयाँ सप्रेम समर्पण गर्नु भएको पनि आलियाले जानकारी दिनु भएको छ ।
No comments:
Post a Comment