लमजुङमा कोरोना संक्रमण : आज फेरि दुई अंकमा चढ्यो, निधन शुन्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, July 17, 2021

लमजुङमा कोरोना संक्रमण : आज फेरि दुई अंकमा चढ्यो, निधन शुन्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या आज फेरि दुई अंकमा चढेको छ । हिजो  र अस्ति ४÷४ जनामा संक्रमण पुष्टि भई संक्रमित पुष्टि हुने संख्या स्थिर रहेकोमा आज दुई अंकमा चढेर ११ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको फेसबुक पेजमा उल्लेख गरिएको छ । सो अनुसार आज साउन २ गते ११ जनामा संक्रमण पुष्टि भएको छ । आज कोरोनाका कारण कसैको पनि निधन भएको छैन । 

        आज थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू दुई हजार १२८पुगेको छ । हालसम्म कोरोना जित्नेको संख्या एक हजार ९६२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १३२ रहेको छ ।

        आजका संक्रमितहरू जिल्लाका चार पालिकाका हुन् । आज सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा संक्रमित फेला परेका छैनन् ।

        आज बेसीशहर नगरपालिकामा ६ जना, मध्यनेपाल नगरपालिकामा ३ जना तथा राइनास नगरपालिका– ५ का  १७ वर्षीया किशोरी तथा दूधपोखरी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा संक्रमण फेला परेको हो । 

        आजका संक्रमितमा सबैभन्दा कम उमेरमा ५ वर्षकी बालिका तथा अधिक उमेरमा ५७ वर्षका पुरषमा संक्रमण पुष्टि भएको हो । उनीहरू क्रमशः मध्यनेपाल नगरपालिका– ७ र बेसीशहर नगरपालिका– १ का हुन् । 

        बेसीशहर नगरपालिका– १ का ३५, ५४ र ५७ वर्षका पुरुष तथा ४० वर्षीया महिलामा संक्रमण पुष्टि भएको    छ । त्यस्तै, वडानं– ३ का ३१ वर्षीया महिला र वडानं– ७ का ४० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, मध्यनेपाल नगरपालिका– ६ का २५ वर्षका पुरुष र वडानं– ७ का ५ वर्षीया बालिका र २९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजमा उल्लेख गरिएको छ । 

        स्मरणीय छ, हिजो र अस्ति कोरोना संक्रमित एक अंकमा झरेर ४/४ जनामा स्थिर रहेको थियो । त्यस बाहेक एक अंकमा संक्रमित फेला परेका अन्य दिनहरूमा सबैभन्दा कम असार १२ गतेका दिन ३ जनामा संक्रमण पुष्टि भएको थियो । असार २९ गते ७ जनामा, असार २७ र २६ गते ७ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि एक अंकमा संक्रमित पुष्टि भएको दिनमा असार १५ गते ९ जना, १४ गतेका दिनमा ६ जना, त्यस्तै, असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा पुष्टि भएको थियो ।

No comments:

Post a Comment