अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्यामा बढोत्तरी भइरहेको छ । आज साउन १२ गते ३३ जना नयाँ संक्रमित फेला परेका छन् भने आज १५ जना पुरुष र १८ जना महिलामा संक्रमण पुष्टि भएको हो । कोरोनाको कारण आज कसैको निधन भएको छैन ।
आज थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू कुल दुई हजार २६० जना पुगेका छन् । हालसम्म कोरोना जित्नेको संख्या दुई हजार ७९ छ । सक्रिय संक्रमितको संख्या १४६ रहेको छ ।
आज पनि तनि नगरपालिकामा संक्रमित फेला परेका हुन् । आज सुन्दरबजार नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोंथर गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन् ।
आजका नयाँ संक्रमितहरूमा मध्यनेपाल नगरपालिकामा सबैभन्दा धेरै २२ जना, बेसीशहर नगरपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ । राइनास नगरपालिका र तनहूँका लमजुङ बस्ने २÷२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज अधिक उमेरमा ७५ वर्षीया महिला तथा कम उमेरमा १६ वर्षीया बालिका छन् । उनीहरू दुवै जना मध्यनेपाल नगरपालिका– ६ र वडानं– १ का हुन् ।
आज मध्यनेपाल नगरपालिका– १ का ४९ वर्षका पुरुष तथा १६ वर्षीया बालिकामा संक्रमण भएको छ भने वडानं– २ मा १७३६ वर्षीया महिला, वडानं– ३ का ३३ र ५२ वर्षीया महिला, वडानं– ४ का १८ वर्षका किशोर, ४८ वर्षका पुरुष, वडानं– ६ का २०, ५१ र ५६ वर्षका पुरुष तथा ४० वर्षीया दुई जना, ४१, ५६ र ७० वर्षीया महिला, वडानं– ८ का २९, ३६ र ५९ वर्षका पुरुष र ४७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
बेसीशहर नगरपालिका– १ का २८ वर्षका पुरुष, वडानं– ५ का ६३ वर्षका पुरुष तथा २२, ५२ र ६६ वर्षीया महिला, वडानं– ६ का ६१ वर्षका पुरुष, वडानं– ७ र ३० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
राइनास नगरपालिका– ६ का ४० वर्षका पुरुष, वडानं– ७ का ४० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ भने तनहुँ जिल्लाको व्यास नगरपालिकाका २२ वर्षीया महिला तथा सोही जिल्लाको
भानु नगरपालिकाका ५३ वर्षका पुरुषमा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँका अनुसार आज थप ५ जनाले कोरोना जितेका छन् भने जिल्लामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । आज सक्रिय संक्रमितको कुल संख्या १४६ रहेको छ ।्
स्मरणीय छ, साउन ७ गतेका दिनमा संक्रमण शून्य अंकमा झरेर खुसीको सञ्चार गराएकोमा ९ गतेका दिनमा ११ जनामा संक्रमण पुष्टि भएकोमा १० गतेका दिनमा त्यो बढेर २३ जनामा पुष्टि हुन पुगेको थियो भने ११ गते त्यो संख्या १० जनामा झरेको थियो तर आज ३३ जनामा उचालिएको छ । यो पनि सीमित मात्रामा गरिएको परीक्षणका कारणबाट पत्ता लागेको संख्या हो । परीक्षणलाई व्यापक बनाउदा के कस्तो परिणाम आउने हो त्यो हेर्न बाँकी छ ।
कोरोनाको साच्चिकै नियन्त्रण गर्ने हो भने सर्वसाधारणहरू सन्तुष्ट हुने गरी परीक्षणको दायरा बढाउन जरुरी देखिन्छ ।
No comments:
Post a Comment