कोरोना अपडेट : लमजुङमा संक्रमित थपिने क्रम जारी, आज २३ जना नयाँ संक्रमित थपिए, निधन शुन्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, July 25, 2021

कोरोना अपडेट : लमजुङमा संक्रमित थपिने क्रम जारी, आज २३ जना नयाँ संक्रमित थपिए, निधन शुन्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्यामा बढोत्तरी भइरहेको छ । आज साउन १० गते २३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । हिजो ११ जनामा संक्रमण पुष्टि भएको थियो । आज कोरोनाको कारण निधन भएको छैन । 

        आज थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू कुल दुई हजार २१९ जना पुगेका छन् । हालसम्म कोरोना जित्नेको संख्या दुई हजार २९ छ । सक्रिय संक्रमितको संख्या १५५ रहेको छ ।

        आज पनि चार पालिकामा संक्रमित फेला परेका हुन् । आज राइनास नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र क्ब्होलासोंथर गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन् । 

        संक्रमितहरूमा मध्यनेपाल नगरपालिकामा सबैभन्दा धेरै १३ जना, बेसीशहर नगरपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस बाहेक मर्स्र्याङदी गाउँपालिकामा २ जना र सुन्दरबजार नगरपालिका– ४ का ५६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । 

        आज अधिक उमेरमा ७५ वर्षका पुरुष तथा कम उमेरमा १७ वर्षका युवक छन् । उनीहरू क्रमशः मर्स्र्याङदी गाउँपालिका– ८ र मध्यनेपाल नगरपालिका– ९ का हुन् । 

        आज मध्यनेपाल नगरपालिका– २ का १७ वर्षका युवक, ३०, ३७ र ४० वर्षका पुरुष, वडानं– ३ का ४६ वर्षका पुरुष तथा २८ वर्षीया महिला, वडानं– ४ का ५२ वर्षका पुरुष, वडानं– ६ का २० वर्षका पुरुष, १८ र २१ वर्षीया युवती, २७ वर्षीया महिला, वडानं– ७ का ४२ वर्षका पुरुष र ३८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । 

        बेसीशहर नगरपालिका– १ का ३६ वर्षका पुरुष, वडानं– ७ का ४१ वर्षका पुरुष, वडानं– ८ का २८ र ६० वर्षका पुरुष तथा २७ र ५२ वर्षीया तथा वडानं– १० का ३३ वर्षका महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, मर्स्र्याङदी गाउँपालिका– २ का ३४ वर्षका पुरुष, वडानं– ८ का ७५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँका अनुसार आज थप ५ जनाले कोरोना जितेका छन् भने जिल्लामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । आज संक्रिय संक्रमितको कुल संख्या १५५ रहेको छ ।् 

        स्मरणीय छ, साउन ७ गतेका दिनमा संक्रमण शून्य अंकमा झरेर खुसीको सञ्चार गराएकोमा ८ गते त्यो संख्या बढेर २१ जना थप भएको थियो । ९ गतेका दिनमा ११ जनामा संक्रमण पुष्टि भएकोमा आज त्यो बढेर २३ जनामा पुष्टि हुन पुगेको हो । यो पनि सीमित मात्रामा गरिएको परीक्षणका कारणबाट पत्ता लागेको संख्या हो । परीक्षणलाई व्यापक बनाउदा के कस्तो परिणाम आउने हो त्यो हेर्न बाँकी छ । 

        कोरोनाको साच्चिकै नियन्त्रण गर्ने हो भने सर्वसाधारणहरू सन्तुष्ट हुने गरी परीक्षणको दायरा बढाउन जरुरी देखिन्छ ।

        यसैबीच, जिल्ला प्रशासन कार्यालयले आज साउन १० गतेका दिनदेखि फेरि एक साताका लागि निषेधाज्ञा थप गरेको सूचना जारी गरेको छ तर व्यवहारमा भने निषेधाज्ञाको छनक कहीँ कतै अनुभूति गर्न पाइएको अवस्था छैन ।   

No comments:

Post a Comment